२०८३ कार्तिक ९ गते आईतबार

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ३
hemraj_dhakal

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ।

भोजपुरमा बिताएको बाल्यकाल, झापा झरेपछि आफन्तकहाँ टीका लगाउन जाँदाको रमाइलो र दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गर्दाका क्षण उनका लागि जीवनभर सम्झिरहने क्षण हुन्।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले बाल्यकालमा दशैं मनाउँदाको रमाइलो अहिलेको तुलनामा निकै फरक रहेको सुनाए। त्यतिबेला गाउँमा मनोरञ्जनका साधन सीमित भए पनि पिङ खेल्ने, आफन्तकहाँ जाने, मीठो खानेकुरा खाने र दक्षिणा पाउने उत्साहले दशैं विशेष हुने गरेको उनको भनाइ छ।

‘पिङ खेलेको, पिङबाट लडेको याद छ। पहाडतिर बाँसका चारवटा खम्बा गाडेर डोरी बाँधेर पिङ बनाइन्थ्यो। पिङ हरेक गाउँ, टोल र डाँडामा हुन्थ्यो। दशैं आएपछि रोटेपिङ खेल्ने, लिङ्गेपिङ खेल्ने भन्ने हुन्थ्यो,’ उनले भने।

पिङ खेल्दा साथीहरू र आफन्तबीच कसले बढी माथिसम्म पुर्‍याउने भन्ने प्रतिस्पर्धा हुने गरेको उनले सम्झिए। कहिलेकाहीँ चिप्लिएर लड्ने र पिङबाट पल्टिने अवस्था आए पनि त्यसले बाल्यकालको रमाइलोमा कमी नल्याएको उनले बताए।

‘कसले माथि पुर्‍याउने भनेर प्रतिस्पर्धा हुन्थ्यो। कहिलेकाहीँ माथि पुर्‍याएर पल्टेको पनि याद छ। तर अहिले डिज्नील्यान्डमा गएर रमाइलो गरेको भन्दा पनि अर्कै आनन्द थियो। त्यो त जीवन रहुञ्जेलसम्म बिर्सन नसकिने स्मृति हो जस्तो लाग्छ,’ उनले भने।

ढकालको बाल्यकाल भोजपुरमा बितेको थियो। उनले प्राथमिक तहको अध्ययन भोजपुरमै गरे। त्यसपछि झापाको चन्द्रगढीमा अध्ययन गरेका उनी उच्च शिक्षाका लागि भारत र अस्ट्रेलिया पुगे। पछि जापान, अमेरिका, अस्ट्रेलिया तथा युरोपका विभिन्न ठाउँमा बसेर व्यवसाय र त्यहाँको संस्कृति बुझ्ने अवसर पनि पाए।

तर बाल्यकालका सम्झनामा भोजपुर र झापाका दशैं विशेष रूपमा आउने गरेको उनले बताए। उनका हजुरबुबा बडाहाकिम थिए भने बुबा गाउँका प्रधानपञ्च थिए। परिवारमा आफन्त र शुभेच्छुकको बाक्लो आउजाउ हुन्थ्यो। दशैंमा टाढाटाढाबाट मानिस टीका लगाउन आउने र कोसेली लिएर आउने गरेको उनले सुनाए।

‘हाम्रो बुबाकहाँ धेरै टाढा–टाढाका मान्छेहरू टीका लगाउन आउँथे। आफन्त मात्रै नभएर शुभेच्छुकहरू पनि आउँथे। उहाँहरू घिउ, ठेकीमा दही र विभिन्न प्रकारका कोसेली लिएर आउनुहुन्थ्यो। त्यो कोसेली खान पाउँदाको क्षण अत्यन्त रमाइलो थियो,’ उनले भने।

उनका लागि मामाघरको दशैं झनै विशेष थियो। भोजपुरको पितौलातिर रहेको मामाघरमा जाँदा भान्जाभान्जीलाई विशेष माया गर्ने, मीठा खानेकुरा खुवाउने, नयाँ लुगा दिने र दक्षिणा दिने चलन थियो। त्यतिबेला विद्यालयमा सामान्यतया १० वा २० रुपैयाँ पकेट खर्च पाउने बालबालिकाका लागि सय रुपैयाँ पाउनु ठूलो उपलब्धि जस्तै हुन्थ्यो।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदाखेरि करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो। त्यसले के–के गर्न पाइन्छ भन्ने लाग्थ्यो। चाउचाउ, मिठाई, मिश्री, चकलेट सबै खान पाइन्छ भन्ने हुन्थ्यो। अहिले एक करोड पाउँदा पनि त्यस्तो खुसीयाली हुँदैन होला,’ उनले बाल्यकालको खुसी सम्झँदै भने।

त्यतिबेला दशैंमा नयाँ कपडा किनेर मात्रै नभई सिलाएर दिने चलन रहेको पनि उनले सुनाए। परिवारका सदस्यको नापअनुसार लुगा सिलाइदिने गरिन्थ्यो। बालबालिकाले दशैंमा नयाँ लुगा लगाउन पाउनु पनि चाडको अर्को आकर्षण थियो।

भोजपुरबाट झापा झरेपछि उनको दशैंको अनुभव अझ फराकिलो बन्यो। झापामा धेरै आफन्त र मामाघरका सदस्य रहेकाले टीका लगाउन २० देखि ३० वटासम्म घर पुग्नुपर्ने अवस्था हुन्थ्यो। कतिपय आफन्तबाट पाँच सय रुपैयाँसम्म दक्षिणा पाउँदा बाल्यकालको खुसी थपिने गरेको उनले बताए।

‘झापामा दक्षिणाको भोल्यूम पनि बढ्यो। पैसा खर्च गर्ने ठाउँ पनि थियो। सिलगढी जान पाइन्थ्यो, लुकेर सिनेमा हेर्न गलगलिया जान पाइन्थ्यो। भद्रपुर बजारमा सिङ्खडा, जिलेबी, लालमोहन खान पाइन्थ्यो। त्यो पनि दशैँको रमाइलोको एउटा पाटो थियो,’ उनले भने।

झापामा दशैंको टीकाको दिन बिहानैदेखि घरमा चहलपहल हुने गरेको उनले सम्झिए। परिवार ठूलो भएकाले टीकाको दिन ५० देखि सय जनासम्म मानिस भेला हुनेगर्थे। बिहानै उठेर खानपानको तयारी, पाहुनाको स्वागत गर्ने र त्यसपछि आफू पनि दाइदिदीसँगै टीका लगाउन जाने चलन थियो।

उनका अनुसार पहिले दशैं परिवारको पुनर्मिलनको अवसर थियो। वर्षभरि भेट नभएका आफन्त एकै ठाउँमा भेला हुन्थे। खेतीपातीको काम सकेपछि मनाइने पर्व भएकाले पनि गाउँघरमा यसको छुट्टै महत्त्व थियो।

‘सबै कामधन्दा, स्कुल बन्द गरेर आफ्नोमा जाने, खाने, सबै मिलेर काम गर्ने, टीका लगाएर ठाँटले हिँड्ने, जमरा लगाउने र परिवारको पुनर्मिलन गर्ने मुख्य कुरा थियो। वर्षभरि भेट नभएका मानिसबीच आत्मीयता साटासाट गर्ने माध्यम दशैं थियो,’ उनले भने।

तर पछिल्लो समय सहरीकरण र विदेश बसाइँका कारण दशैंमा आफन्त भेट्ने पुरानो चलन घट्दै गएको उनको अनुभव छ । अहिले नजिकका परिवारका सदस्यबीच मात्रै टीका लगाउने र त्यसपछि घुम्न जाने प्रवृत्ति बढेको उनले बताए। टाढाका काका, मामा र अन्य आफन्तकहाँ पुग्ने परम्परा भने कमजोर हुँदै गएको उनको भनाइ छ।

यद्यपि, दशैंले अर्थतन्त्रमा पुर्‍याउने योगदानलाई उनले सकारात्मक रूपमा लिएका छन्। लत्ताकपडा, सुनचाँदी, उपहार, खाद्यान्न र घरायसी सामग्रीको किनमेलले बजारमा आर्थिक गतिविधि बढाउने उनको भनाइ छ।

‘दशैं–तिहारमा बत्ती बाल्ने, रमाइलो गर्ने, लुगाफाटो किन्ने, उपहार दिने र सुन जोड्ने कुराले आर्थिक पक्षमा महत्त्वपूर्ण योगदान गरेको देखिन्छ। यसले बजारलाई ठूलो सहयोग गरेको छ,’ उनले भने।

नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान उपाध्यक्ष र आगामी अध्यक्षका आकाक्षीका रूपमा उनले दशैंलाई पारिवारिक मिलन र सामाजिक सद्भावसँगै आर्थिक गतिविधि बढाउने अवसरका रूपमा पनि हेरेका छन्। तर चाडपर्व मनाउँदा अनावश्यक तडकभडकभन्दा आपसी माया र सद्भावलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।

उनले दशैंमा विदेश घुम्न जानुभन्दा नेपालकै पर्यटकीय गन्तव्यमा घुमेर आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पनि आग्रह गरे। नेपालमा पर्यटनको सम्भावना ठूलो रहेको उल्लेख गर्दै उनले नेपालीले नेपालमै खर्च गर्दा देशको अर्थतन्त्रलाई सहयोग पुग्ने बताए।

उनले स्वदेश तथा विदेशमा रहेका उद्यमी, व्यवसायी र सम्पूर्ण नेपालीलाई दशैँको शुभकामना दिँदै चाडपर्वलाई मन शुद्धीकरण गर्ने, परिवारसँग नजिक हुने र आपसी माया साटासाट गर्ने अवसरका रूपमा लिन आग्रह गरे।

प्रकाशित: २०८३ कार्तिक ३ गते सोमबार १०:०४
प्रतिक्रिया

थप समाचार

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...

नयाँबानेश्वरस्थित मौलिक भान्छाघरमा दशैं विशेष मेला सुरु

काठमाण्डौँ: 'स्थानीय उत्पादनको प्रवर्द्धन, किसानको सम्मान र मौलिकता संरक्षण' का लागि नयाँबानेश्वरस्थित मौलिक भान्छाघरमा दशैं विशेष मेला सुरु भएको छ। अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस र...

दसैं नजिकिएसँगै भृकुटीमण्डप खसी बजारमा चहलपहल, धमाधम भित्रिँदै खसी, बोका र च्यांग्रा (तस्विरहरू)

काठमाडौं। दसैं नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खसी बजारमा चहलपहल बढ्न थालेको छ। दसैंका लागि खसी, बोका र च्यांग्रा खरिदबिक्री गर्ने तयारीसँगै बजारमा पशुचौपाया भित्रिने क्रम तीव्र...
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
roshan_rakhal
ब्लग

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।
swarnim
समाज

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
lAXMIL
साहित्य

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'
ncell
सूचना प्रविधि

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना