२०८३ कार्तिक ११ गते मङ्गलबार

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ६
Cinemaghar 2

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले विभिन्न नेपाली चलचित्र घरमै बसेर डिजिटल माध्यमबाट हेर्न सक्नेछन्।

सिनेमाघरले सार्वजनिक गरेको पोस्टरअनुसार ‘ह्रर्स्व दीर्घ’, ‘के घर के डेरा : घर नम्बर २’, ‘लाज शरणम्’, ‘मायावी’, ‘कार्साङ’, ‘हरिबहादुरको जुत्ता’, ‘कठपुतली’ र ‘प्रवासी जीवन’ यो मेलामा चलचित्र अहिले स्ट्रिमिङमा उपलब्ध छन्।

प्रविधिमैत्री बन्दै गएको सिनेमाघरले दर्शकको सहजताका लागि विभिन्न माध्यमबाट चलचित्र हेर्न सकिने व्यवस्था मिलाएको छ। गुगल प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट ‘सिनेमाघर’ एप डाउनलोड गरी स्मार्टफोन वा ट्याब्लेटमा चलचित्र हेर्न सकिन्छ।

त्यस्तै, ठूलो स्क्रिनमा चलचित्र हेर्न चाहने दर्शकका लागि एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी तथा एलजी वेबओएसमा समेत सिनेमाघर एप प्रयोग गर्न सकिनेछ। मोबाइलबाट क्रोमकास्टमार्फत टिभीमा सामग्री हेर्न सकिने सुविधा पनि प्लेटफर्मले उपलब्ध गराएको छ। कम्प्युटर प्रयोगकर्ताले वेब ब्राउजरमार्फत समेत चलचित्र हेर्न सक्नेछन्।

दर्शकलाई अझ उच्च गुणस्तरको दृश्य अनुभव दिने उद्देश्यले सिनेमाघरले आफ्नो प्लेटफर्ममा 4K स्ट्रिमिङ सुविधा पनि राखेको छ।

नेपाली चलचित्रलाई डिजिटल माध्यममार्फत विश्वभरका दर्शकमाझ पुर्‍याउने उद्देश्यले सिनेमाघरले पछिल्ला वर्षहरूमा निरन्तर काम गर्दै आएको छ। विशेषगरी हलमा प्रदर्शन भइसकेका र दर्शकको राम्रो प्रतिक्रिया पाएका नेपाली चलचित्रलाई डिजिटल प्लेटफर्ममार्फत देश–विदेशमा रहेका नेपाली दर्शकमाझ पुर्‍याउन सिनेमाघरको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ।

दशैं-तिहारको लामो बिदामा परिवार तथा साथीभाइसँग घरमै बसेर नेपाली चलचित्रको आनन्द लिन चाहने दर्शकका लागि ‘दशैं–तिहार मुभी मेला’ उपयुक्त डिजिटल विकल्प बन्ने देखिन्छ।

प्रकाशित: २०८३ कार्तिक ६ गते बिहिबार ०३:११
प्रतिक्रिया

थप समाचार

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...

१५ वर्षपछि दशैँ गीतमा सुरेश अधिकारीको ‘कमब्याक’, चल्ला पुरानै जादु?

दशैँका अवसरमा वर्षौँदेखि गुञ्जिँदै आएका ‘चरीररि रै...’ र ‘हो दशैँ आयो’ जस्ता लोकप्रिय गीतका सर्जक अधिकारीले लामो समयपछि नयाँ दशैँ गीतमा संगीत दिएका हुन्।

यी गीत घन्किन थालेपछि बुझिन्छ, दशैँ आयो!

काठमाडौँ: दशैँ आएको छनक कसरी मिल्छ, के गर्दा तपाईंले दशैं आएको महसुस गर्नुहुन्छ ? मालश्री धुन सुन्दा वा आकाशमा चङ्गाहरू उडेको देख्दा ? त्यसबाहेक कतिपय गीत छन्, जसले तपाईंको घरमा दशैंको रौनक ल्याइदिन्छन्। दशैँ...

दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँ नजिकिएसँगै देशभर उत्साह र उमङ्ग छाउने गर्छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको दसैँ नेपाली समाजको मौलिक पहिचानसँग जोडिएको प्रमुख चाड हो। आश्विन...
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
ncell
सूचना प्रविधि

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।
lAXMIL
साहित्य

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना