२०८३ कार्तिक ८ गते शनिवार

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ८
jalakumbhi_tourism (10)

चितवन: कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रमका संयोजक एवं गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। ‘सीमा जोड्दै, मित्रता बढाउँदै पर्यटन प्रवर्द्धन गर्दै’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए।

उनले भने, ‘यस कार्यक्रमको मुख्य उद्देश्य भारतीय पर्यटन बजारमा नेपालको प्रभावकारी प्रवर्द्धन गर्नु, नेपाली र भारतीय पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्नु तथा नेपालका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय पर्यटन सञ्जालसँग जोड्नु हो।’

भारतीय पर्यटकलाई नेपालका धार्मिक, आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, वन्यजन्तु तथा साहसिक पर्यटन गन्तव्यसँग जोड्न सके नेपालको पर्यटन क्षेत्रमा ठूलो सम्भावना सिर्जना गर्न सकिने सापकोटाको भनाइ छ।

उनले भने, ‘नेपालको पर्यटन प्रवर्द्धन केवल प्रचार सामग्री वितरण गरेर मात्र सम्भव हुँदैन। भारतीय पर्यटन व्यवसायीलाई नेपालका गन्तव्यमा प्रत्यक्ष ल्याउने, होटल तथा रिसोर्ट सञ्चालकसँग भेट गराउने, सेवा र सुविधाबारे जानकारी दिने र व्यावसायिक साझेदारीका आधार तयार गर्ने काम आवश्यक छ। यही सोचका साथ यो कार्यक्रम आयोजना गरिएको हो।’

यहाँ आयोजना गर्ने कार्यक्रममा भारतका विभिन्न सहरका २१ जना पर्यटन व्यवसायी तथा प्रतिनिधिहरू सहभागी हुने उनको भनाइ छ।

उनीहरूले नेपाली पर्यटन व्यवसायी, होटल तथा रिसोर्ट सञ्चालक र स्थानीय पर्यटन सरोकारवालासँग प्रत्यक्ष भेटघाट तथा व्यावसायिक छलफल गर्ने उनले जानकारी दिए। कार्यक्रममा व्यावसायिक भेटघाट, परिचयात्मक भ्रमण, पर्यटन प्याकेज निर्माण तथा भविष्यमा नियमित पर्यटक आवागमन बढाउने सम्भावनाबारे छलफल हुनेछ।

प्रकाशित: २०८३ कार्तिक ८ गते शनिवार १२:०४
प्रतिक्रिया

थप समाचार

हानि–नोक्सानी कोषबाट नेपाललाई ३ अर्ब अनुदान दिने निर्णय, प्रस्ताव पेस गर्ने नेपालको तयारी

काठमाडौँ: संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले नेपाललाई सहयोग गर्ने निर्णय गरेसँगै त्यसको कार्यान्वयन प्रक्रियामा...

भारतीय विदेशमन्त्रीलाई अर्थमन्त्री वाग्लेको प्रश्न: हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ?

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व परिस्थिति, बहुपक्षीयताको भविष्य र अन्तर्राष्ट्रिय सहकार्यका नयाँ स्वरूपबारे प्रश्नोत्तर भएको...

अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक स्रोतबाट पौने ४ करोड आम्दानी

गण्डकी: अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जडीबुटी सङ्कलन शुल्कलगायत प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा रु तीन करोड ८६ लाख ५१ हजार ९०८ सङ्कलन गरेको छ। कार्यालयले जडीबुटी, काठ दाउरा...

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी: अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ। विदेशी नागरिकका लागि निषेधित मानिएका...

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ: गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ आउने पर्यटक घटेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्षको साउनदेखि असोजसम्म यहाँ एक लाख १८...
roshan_rakhal
ब्लग

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।
swarnim
समाज

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ncell
सूचना प्रविधि

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।
lAXMIL
साहित्य

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'
hemraj_dhakal
कर्पोरेट

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना