२०८३ कार्तिक १२ गते बुधबार

स्थानीय तहको नीति : कुकुरलाई होस्टल, बाँदरलाई बगैँचा!

 |  Untitled
Sanket

Untitled

बागलुङ, असार १४
monkey

बागलुङ- बागलुङका स्थानीय तहले पृथक नीति तथा कार्यक्रम ल्याएका छन्। जिल्लाको दुई पालिकाले कुकुर र बाँदर नियन्त्रणका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्।

जिल्लाको बागलुङ नगरपालिकाले छाडा कुकुर नियन्त्रण गर्न कुकुर होस्टेल निर्माण गर्ने नीति लिइने उल्लेख गरेको छ भने जैमिनी नगरपालिकाले बाँदर नियन्त्रण गर्नका लागि जङ्गलमै बाँदर बगैँचा बनाउने गरी नीति तथा कार्यक्रम ल्याएको हो।

जिल्ला सदरमुकाम रहेको बागलुङ बजारमा छाडा कुकुरको समस्या बढेको भन्दै छाडा कुकुरलाई नियन्त्रणमा लिएर कुकुर होस्टेलमा राखिने भएको छ। नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि कुकुर होस्टेल स्थापनाका लागि रु १५ लाख बजेट विनियोजन गरेको छ। नगरपालिकाभित्र छाडा कुकुरका कारण दुर्घटना बढेको तथा छाडा कुकुरले टोकेका घटना बढ्दै गएका कारण छाडा कुकुरलाई नियन्त्रण गर्न कुकुर होस्टेलमा राख्ने, हेरचाह गर्ने र कुकुर पाल्न चाहनेलाई दिने बागलुङ नगरले नीति लिएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बताए।

‘छाडा कुकुरको समस्या नियन्त्रण गर्न नगरपालिकाले पुश कार्यालयको समन्वयमा बन्ध्याकरणसमेत गरेका छौँ, रेबिजविरुद्धको खोप लगाएका छौँ, छाडा कुकुरलाई शून्यमा झार्नका लागि कुकुर होस्टेल बनाउने नगरपालिकाको नीति हो, आगमी आर्थिक वर्षमा पहिलो चरणको काम हुन्छ,’ उनले भने, ‘छाडा कुकुर नियन्त्रण गरेर होस्टेलमा राख्दा बजारमा छाडा कुकुरका कारण निम्तने दुर्घटना र रेबिज रोगको सङ्क्रमण घटेर जानेछ, होस्टेलमा राखिएका कुकुरलाई स्थानीयवासीले पाल्नका लागिसमेत लैजान सक्नेछन्।’

नगरपालिकाले कुकुरका लागि छुट्टै निर्देशिका नै बनाइसकेको छ। घरपालुवा कुकुर नगरपालिकामा दर्ता गर्ने, नवीकरण गर्ने, अनिवार्य रेबिजविरुद्धको खोप लगाउने कार्यलाई पशुसेवा शाखाबाट काम गर्ने नीति लिइएको छ। नगरपालिकाले छाडा कुकुरलाई मार्न नपाइने भएकाले उत्पादन घटाउन बन्ध्याकरण गर्ने र कुकुरलाई पालन पोषण गरेर कुकुर होस्टेलमा राख्ने भएको हो।

जिल्ला सदरमुकाममा छाडा कुकुरको समस्याका विषयमा नागरिकबाट निरन्तर आउन थालेपछि नगरपालिकाले कुकुर होस्टेलको अवधारण लिएको हो। जिल्ला सदरमुकाममा अहिले छाडा कुकुरको तथ्याङ्क सङ्कलनको कार्य पशु शाखामार्फत चलिरहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। नगरप्रमुख श्रेष्ठले सबै छाडा कुकुरलाई जम्मा गरेर पालनपोषण नगरपालिकाले गर्ने र स्थानीयवासीले कुकुर लगेर पाल्न चाहेमा दिनेगरी योजना बनाएको बताए।

जैमिनी नगरपालिकाले बाँदरलाई जङ्गलमै भुलाउने कार्यक्रम ल्याएको छ। नगरपालिकामा जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी बाँदरको समस्या रहेको छ। जैमिनी नगरपालिकामा बाँदरको समस्या बढ्दै गएका कारण नगरपालिकाले नगरपालिकाको वडा नं ८ छिस्तीको पुरानो गाउँमा बाँदर बगैँचा निर्माण गर्ने नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको छ।

नगरपालिकाले बाँदर बगैँचा निर्माणका लागि प्रारम्भिक पूर्वाधार निर्माण गर्न रु १० लाख र गण्डकी प्रदेश सरकारबाट रु १५ लाख गरी रु २५ बजेट विनियोजन गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए।

‘जैमिनी नगरपालिकामा बाँदरको समस्या बढ्दै गएको छ, बसाइँसराइका कारण बाँदरको समस्या जटिल बन्नु स्वभाविक छ, बाँदरलाई जङ्गलमै भुलाउनका लागि छिस्तीको पुरानो गाउँमा बाँदर बगैँचा निर्माण गर्ने र बाँदरलाई बगैँचामै भुलाउने नगरपालिकाको योजना छ,’ नगर उपप्रमुख शर्माले भने, ‘पहिलो चरणमा आगमी आर्थिक वर्ष २०८०/८१ मा रु २५ लाख बजेटबाट पूर्वाधार निर्माणको सुरुवात गरिन्छ, बाँदर बगैँचामा जैमिनीभित्रका बाँदरलाई त्यहाँ लगेर पालिन्छ, बगैँचामा बाँदरलाई मनपर्ने फलफूल लगाइन्छ भने बाँदरलाई बगैँचाभित्रै राख्न पूर्वाधार निर्माण गरिन्छ।’

जैमिनीमा निर्माण गर्ने भनिएको बाँदर बगैँचा नेपालमै पहिलो भएको दाबी गरे। पुरानो गाउँमा रहेको चार हजार दुई सय रोपनी समथर भाग बाँदर बगैँचा निर्माणका लागि उपयुक्त हुनेछ। बाँदर र अन्य वन्यजन्तुका लागि प्राकृति बासस्थानका रुपमासमेत पुरानो गाउँलाई छनोट गरिएको हो। बाँदर बगैँचालाई वन्यजन्तु पर्यटकीय क्षेत्रका रुपमासमेत विकास गर्न सकिने नगरपालिकाले जनाएको छ। -रासस

प्रकाशित: २०८० असार १४ गते बिहिबार ०३:०७
प्रतिक्रिया

थप समाचार

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सेयर धितो कर्जाको भरमा बढ्दै सेयर बजार, कारोबार ७ अर्ब नाघ्यो

मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३४८ स्टकको ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना