२०८३ कार्तिक १२ गते बुधबार

बेचबिखनले बदनाम इचोक गाउँको परिचय बदलियो

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार १४
ichok gau sindhupalchowk

चौतारा – सिन्धुपाल्चोकको इचोक गाउँ। यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन जस्तै थियो। छोरीहरू रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए। दलालहरू घरघर पुगेर छोरी-चेली फकाइफुल्याई आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत लैजान्थे।

बाबुआमा आफैं छोरीचेलीलाई दिल्ली र बम्बई पठाउँथे। घरमा टिनको छानो हाल्न होडबाजी चल्थ्यो। अशिक्षित अभिभावकलाई विश्वास थिएन कि आफ्ना चेली बेचिएलान् भनेर। आकर्षक तलब पाउने आशमा युवती गाउँ रित्तै हुने गरी विदेश गए। बाबुआमाले समेत मनग्ये धन कमाएर फर्किन्छे र घरमा टिनको छाना हाल्न पाइने आशमा छोरीलाई विदेश पठाए।

दिल्ली र मुम्बई पुगेका केही चेली फर्किए। केहीले समाजको देखासिकीमा टिनको छानो हाले पनि। तर, मुग्लानपारिको देशमा पुगेकामध्ये कतिपय उतै बेचिए। कोही नारकीय जीवन बिताउन बाध्य भए। कतिपय नेपाली चेली दर्दनाक पीडा खेप्दै विदेशमै अलपत्र परे। यो क्रम धेरै वर्ष कायम रह्यो। चेली बेचिने नाममा बदनाम खेप्नुपर्‍यो इचोकवासीले।

चेलीबेटी बेचबिखनको चौतर्फी हल्ला चलेपछि धैरैको ध्यान यस गाउँले तान्यो। चेलीबेटी बेचबिखन रोकथामको नाममा धेरैले यहाँका बासिन्दाका समस्यालाई कमाइ खाने भाँडो बनाए।

धन कमाउन विदेश गएका कतियप ऊर्जाशील छोरीहरू ‘एचआइभी एड्स’ जस्तो प्राणघातक रोग बोकेर गाउँ फर्किए। उनीहरूप्रति गाउँमा छिःछि र दूरदूर हुनथाल्यो। आफू कोक्रोमा छँदै विवाहको टुंगो मामाकी छोरीसँग भएका पाल्साङ लामा १५ वर्ष पुगेपछि बिहे गर्न खोज्दा मामाकी छोरी अर्कैसँग हिँडेपछि बिहेबाट वञ्चित भए। पन्ध्र वर्षको उमेरमा बाबु बितेपछि उनी दुई भाइसहित दुःखजिलो गरी हुर्किए। अरू युवतीसित विवाह गर्न खोज्दा सम्भव भएन। पाल्साङ भन्छन, ‘गाउँका सबै युवती भारत गए, उमेर पुगेका पुरुषलाई बिहे गर्न हम्मे हम्मे भयो।’

चेलीबेटी बेचबिखनका लागि बदनाम भएको हेलम्बु गाउँपालिकाको ‘इचोक’ गाउँमा पुरूषलाई विवाह गर्न निकै समस्या भयो। फुपूचेली, मामाचेली बिहे गर्ने परम्परा भएको इचोकको लामा समुदाय छरिएर बसेका छन्। त्यही वरिपरि नै बिहेवारी गर्नु उनीहरूको परम्परा नै बन्यो। चेलीबेटी बेचबिखनले यहाँ बिहेवारी नै रोकिएको थियो।

पाल्साङले जस्तै धेरैले यस्ता समस्या भोगे। आफ्नी मामाको छोरी (मङ्गेतर) अर्कैसँग हिँडेपछि पाल्साङलाई ठूलो चोट पर्‍यो। गरिबीले पिल्सिएका पाल्साङसँग अरूले बिहे गर्न मानेनन्। सिकर्मी काम गरेर जीविकोपार्जन गरिरहेका पाल्साङको इमान्दारी देखेर छिमेकीले छोरी बिहा गरिदिए। ‘भारत जानेलाई कसरी रोक्ने भन्ने कुरा मेरो दिमागमा रातदिन आउन थाल्यो,’ उनले भने।

बृद्ध आमा र दुई भाइको लालनपालनको जिम्मा पनि जेठो भएका कारण पाल्साङकै काँधमा थियो। अझ गरिबीले पिल्सिएका बेला आमाले यी छोरा जन्माउनुको सट्टा छोरी जन्मिएका भए त भारत पठाउँथें नि भनेको सुन्दा पाल्साङलाई दिक्क लाग्थ्यो। दिनभरि काममा गए पनि राति त्यही कुराले उनको मन कुटुकुटु खाइरहन्थ्यो।

करिब छ महिना आफ्ना साथीभाइसँग सल्लाह गरेपछि पाल्साङको अगुवाइमा इचोकका ११ युवा मिलेर समाज उत्थान युवा क्लब गठन भयो।

‘सुरूमा भारत जान रोक लगाउने भन्ने कुरा गर्नै भएन,’ पाल्साङ भन्छन्, ‘राति राति मात्रै बैठक राखेर काम अघि बढायौँ।’

२६ वर्षीय पाल्साङलाई सुरुका दिनमा क्लबका नाममा काम गर्न निकै गाह्रो पर्‍यो।

‘सुरूआतमा धेरैको हप्कीदप्की खायौं। अहिले सबैले कुरा बुझे,’ पाल्साङले भने। गरिबीले पिल्सिएका पाल्साङले खाने बाटो बनाउन क्लब खोलेको भनी गाउँमा हल्ला चल्यो। यति हुँदा पनि उनी बिचलित भएनन्।

‘क्लब स्थापनायता कहिँकतैबाट पनि एक रुपैयाँ लिएको छैन,’ उनले भने, ‘बरू ऋण काढेर क्लबका गतिविधि अघि बढाएको छु।’

पाल्साङको अगुवाइपछि धेर थोर पढेका युवती बेचबिखनविरूद्ध आफैं जुर्मुराएका छन्। आफ्ना समस्या समाधानका निम्ति उनीहरू सक्रिय बनेका छन्। जनचेतना जगाउन घरघर धाउन थालेका छन्। यसअघि चेली फकाउन दलाल यसरी नै घरघर धाउँथे। अभिभावक र देखासिकीमा भारत जान खोज्ने चेलीहरूलाई उनीहरूले सम्झाइबुझाइ गर्न थालेका छन्।

‘चेली बेचिने गाउँ इचोकको परिचय अहिले बदलिएको छ। अहिले सबै सचेत छन्। छोरीचेली आफैं सचेत भएका छन्। अभिभावक बढी जिम्मेवार बनेका छन्,’ पासाङ भन्छन्।

अब उनीहरू रोजगारीका लागि भारत होइन, खाडीमुलुकतर्फ जान थालेका छन्। चेलीको चेतनाकै कारण अब दलालहरू गाउँ पस्न हिम्मत गर्दैनन्। यो परिवर्तनका लागि पाल्साङको अहम भूमिका छ।

तथ्याङ्कअनुसार केही वर्ष अघिसम्म इचोकबाट वर्षेनी ५० भन्दा बढी चेली विदेश जाने गरेका थिए। विदेशिने सबै तामाङ जातिका थिए। उनीहरूको आकर्षकस्थल भारत नै थियो। त्यसयता इचोकबाट विदेशिने युवतीको सङ्ख्या घटेको छ। पछिल्लो एक वर्षमा २३ युवती रोजगारीका लागि भारतबाहेक अन्य मुलुक गएका छन्।

इचोक चनौटेमा केही वर्षदेखि क्रियाशील चेलीबेटी बेचबिखन नियन्त्रण तथा परिवार नियोजन सङ्घका प्रमुख दीर्घराज उपाध्याय स्थानीय महिला सक्रिय बनेपछि विदेश जाने महिलाको सङ्ख्या घट्दै गएको छ। सिन्धुपाल्चोकका विभिन्न गाउँबाट दलालमार्फत् बेचिएर फर्केका झन्डै दुई सय ५० महिलालाई समाजमा पुनःस्थापित गराएको उनी बताउँछन्।

–रुपक पुरी/रासस

प्रकाशित: २०८० असार १४ गते बिहिबार ०५:०२
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

नेपाली महिला फुटबल टिम बंगलादेश प्रस्थान

काठमाडौं – बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। दुई मैत्रीपुर्ण खेलका लागि ३१ सदस्यीय टोली आज बंगलादेश लागेको हो। नेपालले...

पोर्चुगलबाट भर्चुअल नेपाली पाठशाला चलाउँदै नारी समाज

'विदेशी भूमिमा हुर्केका नयाँ पुस्तालाई नेपाली भाषा र नेपाली संस्कृति सिकाउनु हाम्रो दायित्व हो, प्रवासमा रहेका बालबालिकामा नेपालीपनको भावना जागृत गराउने र नेपाली भाषा कला र संस्कृतिको संरक्षण,...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना