२०८३ कार्तिक १३ गते बिहिबार

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १३
hyatt_place

काठमाडौं। आरभी ग्रुपको लगानीमा ललितपुरको कुपन्डोलमा पाँचतारे सायन होटल निर्माण भइरहेको छ। हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

होटल बनाउन २ अर्ब ८५ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। होटल बनाउन ७० प्रतिशत ऋण र ३० प्रतिशत संस्थापकको स्वपुँजी (इक्टिी) हुनेगरि लगानी संरचना बनाइएको छ। होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय चेन ‘हायात प्लेस’ले सम्हाल्ने भएको छ।

यसअघि होटल परियोजना २०२७ को अक्टुबर मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि हायत प्लेससम्बन्धी अन्तर्राष्ट्रिय चेनको अनुपालन र सञ्चालन पूर्वका आवश्यकताहरूका कारण व्यावसायिक सञ्चालन मिति धकेलिएर २०२८ को अप्रिल मध्यसम्म पुग्ने सम्भावना रहेको सायनले जानकारी दिएको छ।

होटल परियोजनाको लागत करिब ४ प्रतिशत घटाएर २ अर्ब ८५ करोड ७० लाख रुपैयाँ कायम गरिएको सायनले जनाएको छ। यद्यपी, निर्माण सामग्रीको बढ्दो मूल्य, अमेरिकी डलर र चिनियाँ युआनको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन तथा निर्माण अवधि लम्बिनु जस्ता कारणहरूले लागत वृद्धि हुने जोखिम कायमै रहन सक्छ।

ऋणको व्यवस्था पूर्ण रूपमा सुनिश्चित भइसकेको छ। हालसम्म आवश्यक स्वपुँजी (इक्विटी) को ३२ प्रतिशत लगानी भइसकेकोे छ।

निर्माणाधीन होटलमा १०५ कोठा हुने भएको छ। यसअघि ११२ कोठाको योजना बनेको थियो। पछि घटाइएको हो। होटलको प्रतिकोठा लागत २ करोड ७० लाख रुपैयाँ छ। सायन होटल १५ हजार ५७ वर्ग फिट क्षेत्रफल फैलिनेछ।

अनुमानित लागत र समयभित्र परियोजना सम्पन्न हुनु कम्पनीको ऋण भुक्तानी क्षमतामा प्रभाव पार्ने विषय हो। किनकि सन् २०२८ को मध्य अप्रिलदेखि ऋण भुक्तानी सुरु हुने तालिका बनेको छ। ऋण भुक्तानी सुरु हुने समय र व्यावसायिक सञ्चालन सुरु गर्ने लक्षित मिति एकै समयमा पर्ने भएकाले ऋण भुक्तानीका लागि प्रवद्र्धकहरूबाट समयमै तथा पर्याप्त आर्थिक सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ।

प्रति कोठा उच्च लागत र उच्च सञ्चालन लिभरेजका कारण सञ्चालन स्थिर नभएसम्मका सुरुवाती वर्षहरूमा सायन होटल वित्तीय अवस्थामा दबाब पर्न सक्छ। सञ्चालन स्थिर हुने चरणमा प्रवर्तकहरूले समयमै र पर्याप्त आर्थिक सहयोग उपलब्ध गराउन सक्ने क्षमताले सायनको तरलता अवस्था तथा सुरुवाती वर्षहरूमा ऋण चुक्ता गर्ने क्षमतामा प्रभाव पार्ने रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ।

प्रवद्र्धक समूहमा आरभी ग्रुपमा संलग्न व्यक्तिहरू छन्। उनीहरुसँग भवन तथा आवास निर्माणको क्षेत्रमा दशकौंको अनुभव छ। होटलको सञ्चालकमा अनिश अग्रवाल र गणेश अग्रवाल रहेका छन्।

यद्यपि, प्रवद्र्धकहरूसँग आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा अनुभव निकै कम छ। तर, अन्तर्राष्ट्रिय होटल चेन ह्यात प्यालेससँगको आबद्धता र विभिन्न सरोकारवालाहरू (होटलका सम्भावित ग्राहकहरू) सँगको विद्यमान पहुँचले यस परियोजनाको प्रारम्भिक चरणमा केही हदसम्म मद्दत पुर्याउने अनुमान गरिएको छ।

प्रस्तावित होटल सहरको केन्द्र, ऐतिहासिक स्थलहरू र अन्तर्राष्ट्रिय विमानस्थलको नजिक पर्दछ। यसका साथै, उक्त क्षेत्रमा रहेका विभिन्न कर्पोरेट कार्यालयहरू, कूटनीतिक नियोगहरू र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको उपस्थितिबाट होटलको आम्दानी तथा दीर्घकालीन मागको सम्भावनालाई टेवा पुग्न सक्छ।

नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रले सरकारका निरन्तर प्रयासहरूबाट लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमा होटललाई उत्पादन उद्योगको मान्यता दिने योजना घोषणा गरेको छ। जसले गर्दा तिनले अन्य उत्पादक उद्योगहरू सरहका सुविधा र लाभहरू प्राप्त गर्न सक्नेछ।

पूर्वाधार विकास र अन्तर्राष्ट्रिय बजारीकरणमार्फत पर्यटन प्रवद्र्धन गर्ने प्रयास गरिरहेको छ। यसका साथै, विश्वका सबैभन्दा बढी जनसंख्या भएका मुलुकहरू—भारत र चीन—को बीचमा नेपालको रणनीतिक अवस्थिति रहेको हुनाले यहाँ पर्यटक तथा व्यावसायिक भ्रमणमा आउने मानिसहरूको ठूलो सम्भावित आधार उपलब्ध छ।

पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमनमा भइरहेको वृद्धि र यस रणनीतिक अवस्थितिले दीर्घकालमा नेपालको पर्यटन क्षेत्रको सम्भावनालाई थप टेवा पुर्याउने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ कार्तिक १३ गते बिहिबार ०८:५८
प्रतिक्रिया

थप समाचार

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना