२०८३ कार्तिक १३ गते बिहिबार

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १३
fdi_nepal

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ।

उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ। गत आर्थिक वर्ष २०८२/०८३ को सोही अवधिमा ३५ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको थियो।

लगानी प्रतिबद्धतामा गिरावट आए पनि उद्योग दर्ताको संख्या भने ४२२ पुगेको छ। विभागका अनुसार दर्ता भएका उद्योगमध्ये ४१० अटोमेटिक रुट र १२ अप्रुभल रुटबाट आएका हुन्। अटोमेटिक रुटबाट हुने दर्ताले तोकिएका सर्त पूरा गर्ने विदेशी लगानीका प्रस्तावलाई स्वचालित प्रक्रियाबाट अघि बढाउने व्यवस्था जनाउँछ।

संख्याका आधारमा सूचना प्रविधिमूलक उद्योगको बाहुल्य देखिएको छ। असोजसम्म यस क्षेत्रका २५२ उद्योग दर्ता भएका छन्। त्यस्तै पर्यटनमूलक १०८, सेवामूलक ३३ र उत्पादनमूलक २५ उद्योग दर्ता भएका छन्। ऊर्जा र कृषि क्षेत्रमा दुई–दुई उद्योग दर्ता भएको विभागको तथ्यांक छ।

तर, रकमका आधारमा पर्यटन क्षेत्रले सबैभन्दा बढी वैदेशिक लगानी आकर्षित गरेको छ। यस क्षेत्रमा ६ अर्ब ८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता स्वीकृत भएको छ। ऊर्जा क्षेत्रमा ४ अर्ब र पूर्वाधारमूलक उद्योगमा ३ अर्ब ५७ करोड रुपैयाँ लगानी स्वीकृत भएको विभागले जनाएको छ। उत्पादनमूलक उद्योगमा १ अर्ब ६० करोड र सूचना प्रविधिमूलक उद्योगमा ९२ करोड ८३ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता स्वीकृत भएको छ।

दर्ता भएका उद्योगको आकार हेर्दा साना उद्योगको संख्या सबैभन्दा धेरै छ। कुल उद्योगमध्ये ४१७ साना, दुई मझौला र तीन ठूला उद्योग छन्। असोज महिनामा मात्रै ९४ उद्योग दर्ता भएका थिए भने ५ अर्ब १० करोड रुपैयाँ बराबरको एफडीआई स्वीकृत भएको थियो।

प्रकाशित: २०८३ कार्तिक १३ गते बिहिबार ०५:२२
प्रतिक्रिया

थप समाचार

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना