२०८३ कार्तिक १४ गते शुक्रबार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १४
oil_price

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ।

पश्चिम एसिया (खाडी) मुलुहरु अशान्त बन्दा कच्चा तेलको भाउ निरन्तर उकालो लागेको हो। कच्चा तेलको बढ्दो मूल्यले विश्व बजारमा मंहगी बढाएको छ।

नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ।

नेपाल पेट्रोलियम पदार्थको माग पूरा गर्न आयातमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा आयात खर्चमा दबाब पर्न सक्छ।

कच्चा तेल तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य लामो समय उच्च रहेमा नेपाल आयल निगमको खरिद लागत बढ्ने र त्यसको असर आन्तरिक बजारको मूल्यमा पर्न सक्ने जोखिम हुन्छ।

इन्धनको मूल्य बढ्दा यातायात तथा ढुवानी खर्च वृद्धि हुन्छ। त्यसले कृषि उत्पादन, औद्योगिक वस्तु र दैनिक उपभोग्य सामग्रीको मूल्यमा समेत दबाब पार्न सक्छ। परिणामस्वरूप समग्र मुद्रास्फीति बढ्ने र आयात खर्च वृद्धि हुँदा विदेशी मुद्रा सञ्चितिमा समेत दबाब पर्न सक्ने देखिन्छ।

एनरिच मनीका प्रमुख कार्यकारी अधिकृत पोन्मुडी आरका अनुसार मध्यपूर्वमा जारी तनाव र आपूर्ति अवरोधको चिन्ता कच्चा तेलको मूल्य उच्च रहनुका प्रमुख कारण हुन्।

यसैबीच, विश्व ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिने होर्मुज जलमार्गको सुरक्षालाई लिएर पनि चिन्ता बढेको छ।

उक्त जलमार्गबाट विश्वको समुद्री मार्ग हुँदै हुने कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ढुवानीको करिब २० देखि २५ प्रतिशत हिस्सा ओसारपसार हुने भएकाले त्यहाँ हुने अवरोधले विश्व बजारमा आपूर्ति र मूल्य दुवै प्रभावित गर्न सक्छ।

अमेरिकाले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै साउदी अरबमा रहेका गैरआकस्मिक सरकारी कर्मचारी र उनीहरूका योग्य परिवारका सदस्यलाई देश छाड्न आदेश दिएको छ। त्यहाँ भएका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणले ऊर्जा पूर्वाधार र ढुवानी सुरक्षासम्बन्धी चिन्ता थपेको छ।

समाचारमा पश्चिम एसियामा भएका आक्रमण तथा द्वन्द्वका कारण क्षेत्रीय तेल प्रशोधन क्षमताको दैनिक करिब ३० लाख ब्यारेल प्रभावित भएको उल्लेख छ। आपूर्ति अवरोध लम्बिएमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य थप बढ्न सक्ने जोखिम छ।

नेपालमा यसको वास्तविक असर भने अन्तर्राष्ट्रिय बजारमा मूल्य कति समय उच्च रहन्छ। पेट्रोलियम पदार्थको खरिद मूल्य, अमेरिकी डलरको विनिमय दर र नेपाल आयल निगमको मूल्य समायोजनमा निर्भर हुनेछ।

मूल्यवृद्धि लामो समय कायम रहेमा आयात खर्च बढ्नुका साथै यातायात, उत्पादन र दैनिक उपभोग्य वस्तुको मूल्यमा थप दबाब पर्न सक्छ।

प्रकाशित: २०८३ कार्तिक १४ गते शुक्रबार ०८:२३
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना