२०८३ कार्तिक १४ गते शुक्रबार

इतिहास बनाएको मलयालम फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’अब डिगोमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १४
bethlehem-kudumba-unit_a700e5ca

काठमाडौँ: एक फिल्मले मलयालम फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको छ। २५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको रोमान्टिक कमेडी फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’ले विश्वभरबाट करिब ३ सय ३० करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।

४१ वर्षीय निविन पोली र २५ वर्षीया ममिथा बैजु मुख्य भूमिकामा रहेको यो फिल्म हालसम्मकै सर्वाधिक कमाइ गर्ने मलयालम फिल्म बनेको दाबी गरिएको छ।

गिरिश एडिको निर्देशनमा बनेको फिल्मका सहनिर्माता फहद फासिल, दिलिश पोथन र श्याम पुष्करन हुन्। फिल्म एस्ली र उनीभन्दा उमेरले जेठा छिमेकी जस्टिनबीचको सम्बन्धमा केन्द्रित छ।

एस्ली र उनको परिवार मुन्डक्कायमबाट करुकुट्टीमा बसाइँ सर्छन् र जस्टिनका छिमेकी बन्छन्। ४० वर्ष नाघिसकेका जस्टिन अविवाहित छन्, तर आफ्नो छरछिमेकमा निकै प्रिय छन्। एस्ली उनीप्रति आकर्षित हुन्छिन्। अब अगाडि के हुन्छ र यो अप्रत्याशित जोडी अन्त्यसम्म टिक्न सक्छ कि सक्दैन भन्ने नै मुख्य प्रश्न हो।

प्रेम, हास्य तथा पारिवारिक कथावस्तुलाई दर्शकले रुचाएका कारण फिल्मलाई दर्शकले मन पराए। मलयालम फिल्म उद्योगमा तुलनात्मक रूपमा कम बजेटमा बलियो कथा र प्रभावशाली प्रस्तुति भएका फिल्म निर्माण हुने गरेको चर्चा हुँदै आएको छ।

मलयालम फिल्ममा इतिहास रच्न सफल फिल्म नेपालमा डिगोमा हेर्न सकिन्छ। जिओहटस्टारलाई नेपाल भित्र्याएको डिगोले ‘बिग बोस’, ‘इन्डिया का टप १ पर्सेन्ट’ र पछिल्लो समय चर्चामा रहेको ‘कफी विथ करण’ जस्ता लोकप्रिय रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि ल्याएको छ। जिओहटस्टारमा उपलब्ध यी कन्टेन्ट नेपालमा विना झन्झट सरल तरिकाले डिगोमा हेर्न सकिन्छ।

प्रकाशित: २०८३ कार्तिक १४ गते शुक्रबार ०१:१५
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना