२०८३ कार्तिक १३ गते बिहिबार

विश्वासको मत नजुट्ने निश्चित भएपछि मुख्यमन्त्री भाग्नुभयो : कांग्रेस

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

विराटनगर, असार १४
binod_bantawa

विराटनगर– प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की संसदलाई छलेर भागेको आरोप लगाएको छ। विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान गर्नुअघि आधा घण्टाका लागि रोकिएको प्रदेशसभाको बैठकमा झन्डै तीन घण्टा बित्दा मुख्यमन्त्री नपुगेपछि कांग्रेसले यस्तो आरोप लगाएको हो।

‘विश्वासको मत नजुट्ने भएपछि मुख्यमन्त्रीजी भाग्नु भएको छ। उहाँ अहिलेसम्म आउनु भएको छैन। आधा घण्टाका लागि रोकिएको बैठक तीन घण्टासम्म पनि मुख्यमन्त्री नआएर संसदलाई अवमूल्यन गर्नुभएको छ,’ कांग्रेस प्रदेश सभा सदस्य विनोद वान्तवाले नेपाल क्लिक्ससँग भने, ‘हामी प्रतीक्षामा छौँ।’

विश्वासको मतसम्बन्धी प्रस्तावमा सबै राजनीतिक दलका प्रतिनिधिले धारणा राखेका थिए। त्यसपछि उत्तर तयार गर्नका लागि भन्दै बाहिरिएका मुख्यमन्त्री कार्की अझसम्म पनि प्रदेशसभा नपुग्दा सांसदहरू प्रदेशसभा बैठकस्थल परिसरमा रहेका छन्।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत मागेर मुख्यमन्त्री भाग्नु संसदको मानमर्दन भएको टिप्पणी गरे। थापाले बिहीबार नै बैठक बस्न मुख्यमन्त्रीलाई कुरेर बसेको बताए।

नेकपा माओवादी केन्द्रले पनि कार्कीलाई विश्वासको मत नदिने निर्णय लिइसकेको छ। माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीले विश्वासको मत नपाउने र उनी पदमुक्त हुने दाबी गरे।

९३ सदस्यीय कोशी प्रदेशसभामा विश्वासको मत पाउनका लागि मुख्यमन्त्री कार्कीलाई ४७ सांसदको मत चाहिन्छ। सरकारमा रहेका एमालेसँग ४० र राप्रपासँग ६ सिट छन्। कार्कीलाई कम्तीमा एक मत थप आवश्यक छ। जसपासँग एक जना सांसद छन्। जसपाले भने तटस्थ बस्ने निर्णय लिएको छ। जसपाको एक मत मिलाउनका लागि मुख्यमन्त्रीले प्रयास गरिरहेको कांग्रेस र माओवादीको आशंका छ। तर जसपा सांसद भने प्रदेशसभा बैठकस्थलमा छन्।

मुख्यमन्त्रीसँगै एमाले र राप्रपाका सांसदहरू भने प्रदेशसभा वरपर देखिएका छैनन्। साँझ ७ बजेर २० बजेसम्म पनि मुख्यमन्त्री सम्पर्कमा नआएपछि सभामुख बाबुराम गौतमले ८ बजेसम्मका लागि बैठक स्थगित गरेको सूचना टाँस गरेका छन्। यद्यपि साढे ८ बजिसक्दा पनि मुख्यमन्त्री प्रदेशसभामा पुगेका छैनन्।

Image PopUp

विपक्षी गठबन्धनमा सभामुखसहित ४७ सांसद छन्। मत बराबर नभएको अवस्थासम्म सभामुखलाई मत दिने अधिकार हुँदैन। मुख्यमन्त्री कार्कीका पक्ष र विपक्षमा ४६-४६ मत आएको अवस्थामा मात्र सभामुखले मतदान गर्नेछन्। यसपछि मात्र विश्वासको मतसम्बन्धी प्रस्तावको टुंगो लाग्नेछ।

प्रकाशित: २०८० असार १४ गते बिहिबार ०८:३८
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना