काठमाडौं– एसियन पेन्ट्सले आरोहण डिलर सेल्स प्रतियोगिता दुबईमा विशेष कार्यक्रम गर्दै सम्पन्न गरेको छ । १७० डिलरको सहभागिता रहेको कार्यक्रममा अद्भुत प्रदर्शनमार्फत सम्मान र पुरस्कार प्राप्त गर्ने योग्य विजेतालाई सम्मानित गरिएको हो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको लक्की ड्रमा महोत्तरी गौशालाको गुप्ता ट्रेडर्सले टाटा नेक्सन इभी एक्सजेडप्लस कार प्राप्त गरको छ। एसियन पेन्ट्स नेपाल प्रालिका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णनले डिलरको परिसरमा विजेता ट्रेडर्सलाई उक्त कार हस्तान्तरण गरे।
तीन महिनासम्म चलेको आरोहण डिलर सेल्स प्रतियोगितामा देशभरका एसियन पेन्ट्सका डिलरको सहभागिता रहेको कम्पनीले जनाएको छ। योजनाले एसियन पेन्ट्सको बजारमा उपस्थिति राख्न थप सहयोग पुग्ने अपेक्षा कम्पनीको छ।


