काठमाडौँ- सनराइज क्यापिटल लिमिटेड तथा समाज डेन्टल हस्पिटलबीच छुट सम्झौता भएको छ। सम्झौतामा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ तथा समाज डेन्टल हस्पिटलका म्यानेजिङ डाइरेक्टर शंखु घिमिरेले हस्ताक्षर गरेका हुन्।
सम्झौता अन्तरगत सनराइज क्यापिटलले समाज समाज डेन्टल हस्पिटलका कर्मचारी ग्राहकहरुलार्ई निःशुल्क डिम्याट खाता खोल्ने सुविधा, डिम्याट खोलिएको एक आ।व।को डिम्याट शुल्कमा छुट, पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा ५० प्रतिशत तथा पर्फरमेन्स शुल्कमा २० प्रतिशत छुट, निः शुल्क पोर्टफोलियो परामर्श सेवा, निः शुल्क वित्तीय तथा संस्थागत परामर्श सेवा र आवश्यक परेको अवस्थामा वित्तिय साक्षरता कार्यक्रमको व्यवस्था प्रदान गर्नेछ।
त्यस्तै, समाज डेन्टल हस्पिटलले सनराइज क्यापिटल लिका कर्मचारी ग्राहकहरूलाई निःशुल्क विशेषज्ञ परामर्श तथा दाँत तथा मुखको परीक्षण जस्ता सेवामा समाज डेन्टलको प्रकाशित निश्चित सेवा शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्नेछ।


