काठमाडौँ– जापानमा रहेर समाजसेवा र व्यावसायमा सक्रिय रहेका पर्वत समाज जापानका अध्यक्ष सुवास लामिछाने र महासचिव राम बास्तोला सम्मानित भएका छन्। पर्वत कलाकार समाजले युवा उद्यमी तथा समाजसेवी लामिछाने र बास्तोलालाई शनिबार काठमाडौंमा कार्यक्रम गरी सम्मान गरेको हो।
कार्यक्रममा पर्वत कलाकार समाजका संरक्षक कस्तुप पन्त, अध्यक्ष कुलेन्द्र विश्वकर्मा तथा महासचिव प्रह्लाद सुवेदीलगायत कार्यसमिति सदस्यहरुले लामिछाने र बास्तोलालाई सम्मान गरेका हुन्।
‘हामी परदेशमा बसेर मातृभूमी पर्वतका लागि सकेको सहयोग र सद्भावमा काम गरिरहेका छौं। एउटै भूमिका कलाकार साथीहरुले प्रेमपूर्वक सम्मान प्रकट गर्दा खुशी लागेको छ’, सम्मान कार्यक्रमपछि प्रतिक्रिया दिँदै पर्वत समाजका अध्यक्ष सुवास लामिछानेले भने, ‘यो सम्मानले थप कर्मशील हुन हौसला प्रदान गरेको छ।’
पर्वत समाज जापानको नेतृत्वमा रहेका लामिछाने जापानमा नेपाली फिल्म, संगीत र कलाका अरु विधाहरु प्रर्वद्धनमा सक्रिय छन्।


