काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटवार्ता गरेका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राउत त्यस्तो आग्रह गरेका हुन्।
बालुवाटार स्रोतका अनुसार जनमत पार्टीलाई सरकारमा सहभागी गराउने प्रयास भइरहेको छ। ‘पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भयो। जनमतलाई सरकारमा सहभागी गराउने विषयमा पनि कुराकानी भइरहेको छ,’ प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले भन्यो।
यद्यपि जनमत पार्टीले सरकारमा सहभागी हुने विषयमा कुनै धारणा बनाएको छैन। उसले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएको छ। सरकारका काम प्रभावकारी हुनुपर्ने उसको भनाइ छ।


