काठमाडौँ– प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच बैंकिङ कारोबार सम्झौता भएको छ। सम्झौतापत्रमा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठ, निर्देशक पदमप्रसाद न्यौपाने र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक मन्जयराज पाण्डे र वरिष्ठ बजार व्यवस्थापक शेखरराज बास्ताकोटीले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकले वन्डर्स नेपालले बनाएको स्काईवाक टावर परिसरमा एटीएम, क्युआर कोड, पोस मेसिनलगायतका विभिन्न बैंकिङ सेवा प्रदान गर्ने सहमति भएको छ।
ग्राहकले स्काइवाक भ्यूटावरबाट काठमाडौँ सहरको दृश्य अवलोकन गर्न सक्नेछन्। वन्डर्सले हालै लन्च गरेको यो पर्यटकीय परियोजनामा दुई अर्ब लगानी भएको वन्डर्सले बताएको छ।


