काठमाडौं–गोदरेजले नयाँ इन्भर्टर एअर कन्डिसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ। गोदरेज इन्भर्टर एसी सबै मौसमका लागि उपयोगी हुने कम्पनीले बताएको छ।
गोदरेज इन्भर्टर एसीमा एन्टी भाइरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कर्बोन फिल्टर जडान गरिएकाले अनावश्यक प्रदूषण, किटाणु ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वस्थ पार्ने कम्पनीको दाबी छ।
एसी आर३२ इको रेफ्रिजिरेन्ट भएको र ५२ डिग्रीसम्मको तापक्रममा पनि कुलिङ गर्न सक्ने क्षमताको छ। टुइन रोटरी इन्भर्टर टेक्नोलोजीमा आधारित एसीले बिजुली बचत गर्नुका साथै छिटो तातो र मौसमअनुसार चिसो पार्ने क्षमता राख्छ। कम्पनीले १० वर्षे वारेन्टीसहित फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधामा एसी खरिद गर्न सकिने बताएको छ।


