२०८३ कार्तिक १३ गते बिहिबार

बार्सिलोना र स्पेनका पूर्व प्रशिक्षक एनरिके अब पिएसजीमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २१
psg-coach anriche

काठमाडौं – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेन र बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस एनरिकेलाई मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको छ। क्लबले क्रिस्टोफर गाल्टियरलाई रिप्लेस गराउँदै ४३ वर्षे स्पानिस प्रशिक्षक एनरिकेलाई नियुक्त गरेको हो।

पिएसजीले फ्रेन्च लिग वानको उपाधि जिते पनि पीएसजीले एक सिजनपछि नै गाल्टियरलाई बर्खास्त गरेको थियो। यता एनरिकेले भने फ्रेन्च च्याम्पियनसँग दुई वर्षको सम्झौता गरेका छन्। अब एनरिके सन् २०२५ सम्म पेरिसमा रहने भएका छन्।

यसअघि उनी स्पेनको राष्ट्रिय टिमका मूख्य प्रशिक्षक भएका थिए। तर उनको टिमले कतारमा सम्पन्न भएको फिफा विश्वकपमा अफ्रिकन टिम मोरोक्कोसँग हार बेहोरेको थियो। मेरोक्कोसँग पेनाल्टीमा हार बेहोरेपछि एनरिके धेरै आलोचितसमेत बनेका थिए। त्यसपछि उनले स्पेनको टिम छोडेका हुन्।

यद्यपी उनले स्पेनको प्रतिष्ठत फुटबल क्लब बार्सिलोनाको प्रशिक्षकको रुपमा धेरै सफलता प्राप्त गरेका छन। सन् २०१४ देखि २०१७ सम्म उनले बार्सिलोनामा ९ उपाधि जितेका थिए। यस्तै उनले बार्सिलोनालाई आफ्नो पहिलो सिजनमै ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जिताएका थिए। उनले बार्सिलोनालाई ट्रेबल जिताउँदा अहिलेको पिएजसीका खेलाडी नेयमार बार्सिलोनामै थिए। त्यसपछि उनी सन् २०१८ मा फर्नान्डो हिएरोलाई रिप्लेस गर्दै स्पेनको प्रशिक्षक बने।

चार वर्ष स्पेनको राष्ट्रिय टिमको प्रशिक्षक रहँदा उनले स्पेनलाई नेसन्स लिगको फाइनल र युरो कपको सेमिफाइनलमा पुर्‍याएका थिए। तर उपाधि भने दिलाउन सकेनन्। यता पीएसजीको टिम भने अहिले निकै ट्रान्जिसनल अवस्थामा रहेको छ। त्यसैले अहिले रियल मड्रिड र बार्सिलोनाका यी पूर्व मिडफिल्डरले टिम सम्हाल्न आइपुगेका हुन्। उनी आएपछि क्लबका स्टार केलियन एमबाप्पे र नेमारको भविष्य के होला भन्ने मुख्य प्रश्न टाढा हुने विश्वास गरिएको छ।

यता क्लबका अर्का स्टार लिओनल मेस्सी भने पीएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्।

युरोपको निकै बलियो क्लब मानिएको भए पनि उसले युरोपेली च्याम्पियन्स लिग भने जितेको छैन।

प्रकाशित: २०८० असार २१ गते बिहिबार ०१:२४
प्रतिक्रिया

थप समाचार

एथ्लेटिक्समा ४ दशक अविराम, इन्द्रालाई ‘लाइफटाइम’ सम्मान

पोखरा- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ। प्रतिभा छनोट समितिको...

वेस्ट इन्डिजमाथि ६ विकेटले नेपाल विजयी

काठमाडौँ- नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिज एमाथि ६ विकेटको जित हात पारेको छ। ५ खेलको सिरिजमा तीन खेल जित्दै वेस्ट इण्डिजले उपाधि हात पारेको छ। शनिबार भएको पाचौँ खेलको १७३...

टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ- आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव...

इटहरी गोल्डकप स्चर्च ब्वाइज सेमिफाईनलमा

धरान- इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटर फाईनल खेलमा न्युरोड टिम (एनआरटी)लाई २–१ गोलको अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाईनलमा प्रवेश गरेको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा...

‘प्रशिक्षकबिना खेलकुदको विकास असम्भव’

गण्डकी- गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री महेन्द्रध्वज जिसीले प्रशिक्षक बिना खेलकुदको विकास असम्भव नहुने बताएका छन्। प्रदेश खेलकुद परिषद् गण्डकीको आठौँं बोर्ड बैठकलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना