काठमाडौँ– नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गरेका हुन्।
थापालाई सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस (२९), नेकपा (माओवादी केन्द्र) (१३ सभामुखसहित), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) को समर्थन छ।
थापा नेपाली कांग्रेसको कोशी प्रदेश सभापतिसमेत छन्। यसअघिका चारै जना मुख्यमन्त्री कम्युनिस्ट पार्टी थिए।
उता एमालले भने सरकारको समर्थन जुटाउने क्रममा नै सभामुख बाबुराम घिमिरेको पनि हस्ताक्षर प्रयोग हुनु अवैधानिक भएको बताएको छ। एमालेले प्रदेश प्रमुख परशुराम खापुङलाई भेट गरी यसबारे ध्यानाकर्षण गराएको छ।



