काठमाडौं– सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेपछि देशैभरका स्थानीय सरकारका जनप्रतिनिधिले आज सिंहदरबार घेर्ने भएका छन्।
सरकारले स्थानीय तहलाई दिँदै आएको अनुदान कटौती गरेपछि स्थानीय सरकार सञ्चालन अप्ठेरोमा पर्ने स्थिति आउने देखिएकाले केन्द्र सरकारलाई निर्णय फिर्ता लिन दबाब दिने उद्देश्यले देशैभरका जनप्रतिनिधिले सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताए।
सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको र कटौती निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गरिरहने उनको भनाइ छ।बिहीबार नगरपालिका संघले उपत्यकामा रहेका स्थानीय सरकारका जनप्रतिनिधिलाई काठमाडौंमै बस्न र शुक्रबार १० बजेसम्म देशभरैबाट काठमाडौं आउन आग्रह गरेको थियो।
तर, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहमा कटौती गरेको वित्तीय सम्मानीकरण अनुदानको रकममध्ये ४० प्रतिशत रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।


