२०८३ कार्तिक १३ गते बिहिबार

युवा उद्यमी कोइरालालाई १० लाख राशिको रोटरी अवार्ड

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत ८
sudip koirala (2)

काठमाडौँ- युवा उद्यमी सुदीप कोइरालाले १० लाख रुपैयाँ राशिको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स’ पुरस्कार प्राप्त गरेका छन्। दिदी फाउन्डेसनका सञ्चालक कोइरालाले सामाजिक उद्यमशीलता तथा समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत यो पुरस्कार प्राप्त गरेका हुन्।

३३ वर्षीय कोइरालाले रोटरी क्षेत्रकै सबैभन्दा ठूलो पुरस्कार प्राप्त गर्न सफल भएका छन्। रोटरियन गोपाल–कमला राजभण्डारीको नामबाट समाजका विभिन्न क्षेत्रमा योगदान पुराउनेलाई यो पुरस्कार दिइँदै आइएको छ। यसअघि प्रत्येक दुई वर्षमा प्रदान गर्दै आइएको यो पुरस्कार यस वर्षदेखि वार्षिक रुपमा प्रदान गर्ने बताइएको छ।

रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ को १५औं राष्ट्रिय सम्मेलनका अवसरमा हालै गोपाल–कमलाका नाती आमोद राजभण्डारीले परिवारको अन्य सदस्यको उपस्थितिमा कोइरालालाई उक्त पुरस्कारबाट सम्मानित गरेका हुन्।

यो पुरस्कार गोपाल–कमला राजभण्डारीको स्मृतिमा स्थापना गरिएको हो। समाजसेवीका रुपमा परिचित गोपाल राजभण्डारी नेपालका रोटरी क्लब स्थापनाकालका संस्थापक सदस्य हुन्।

विगतमा यस पुरस्कारबाट धुलिखेल अस्पतालका अध्यक्ष डा. रामकण्ठ मकाजु श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा. सुरेशराज शर्मा, संस्कृतिविद् सत्यमोहन जोशी, प्रिजनर्स नेपालका अध्यक्ष इन्दिरा राना मगर,  एफएवान सफ्ट इन्टरनेशनलप्रालिका अध्यक्ष विश्वास ढकाललगायतले पाएका छन्।

समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नेलाई प्रोत्साहन गर्ने उदेश्यले यूवा उद्यमी कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको गोपाल–कमला राजभण्डारीका नाती आमोद राजभण्डारीले बताए। उनका अनुसार बासुदेव गोल्यानको अध्यक्षतामा ६ सदस्सीय पुरस्कार छनोट समिति गठन गरिएको थियो।

पुरस्कार प्राप्त गरेका कोइरालाले उक्त पुरस्कारको रकम समाजको उन्नतिका लागि लगानी गर्ने बताए। ‘हामीले काम गर्दा समाजका पिछडिएको वर्गको पनि आर्थिक उथ्थान हुनु पर्छ,” उनले भने, “यो पुरस्कारले मलाई थप त्यहि बाटोमा हिड्न प्रोत्साहन गर्ने छ।’

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम)बाट बीबीए पूरा गरेका सुदीप कोइरालाले अमेरिकाको कोलोराडो युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गरेका हुन्।

सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा २०४६ भदौमा जन्मिएका कोइराला विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरी स्वदेशमै केही गरौं भनेर फर्केका हुन्। उनी बीबीए अध्ययन गर्दै दिदी फाउन्डेसन नामक संस्था खोलेर समाजसेवामा लागेका थिए।

सुदीपले करिब १३ वर्षदेखि विकाससँग सम्बन्धित संस्थामा योगदान दिएका छन्। गैर नाफामूलक संस्थाहरूको लागि आत्मनिर्भर मोडेलको परिकल्पना गरेका कोइराला दातामा आधारित संस्थाहरूमा पूर्ण रूपमा निर्भर हुनुहुँदैन भन्ने मान्यतामा काम गरिरहेका छन्।

सोही अवधारणाअनुसार नेपालमा दिदी फाउन्डेसनमा आत्मनिर्भर मोडल सफलतापूर्वक कार्यान्वयन गर्दा उनको सपना साकार भएको छ। कोइराला र उनको टीमले २०७२ सालदेखि कृषि क्षेत्रमा नवप्रवर्तनको प्रयास गर्दै आएको छ। जैविक मल निर्माणमा तिलोत्तमा अर्गानिक एन्ड रिसर्च सेन्टर उनको प्रयासको उपज हो।

दिदी फाउन्डेसनलाई व्यावसायिक केन्द्र बनाएर अघि बढिरहेका कोइरालाले यस संस्थामार्फत सिलाईबुनाई, बेकरी, कम्प्युटर तालिम, दिदी क्याफे, दिदी सहकारीलगायतका व्यावसायिक क्रियाकलाप गर्दै आएका छन्।

यसमार्फत ६ हजारभन्दा बढीले तालिम पाएका छन् भने कतिपयले स्वरोजगारसँगै रोजगारी सिर्जना गरेका छन्। यस कार्यक्रमलाई सातै प्रदेशमा लैजाने योजना रहेको उनी बताउँछन्। हाल दिदी फाउन्डेसनमार्फत महिलाका लागि चाहिने सेनिटरी प्याड, आवासीय ट्रेनिङ सेन्टरलगायत सञ्चालनमा छन्। कोइराला सुनकोशी सामुदायिक अस्पतालका संस्थापक सदस्य हुन्।

प्रकाशित: २०७९ चैत ८ गते बुधबार ०४:१३
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना