काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल र स्युचाटार काठमाडौंस्थित युनिभर्सल डेन्टल हस्पिटल एन्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच बैंकका कार्डवाहक ग्राहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापछि बैंकका कार्डवाहकले युनिभर्सल डेन्टल हस्पिटल एन्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटमा २० प्रतिशतसम्मको छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।


