२०८३ कार्तिक १६ गते आईतबार

बढ्दैछन् अपराधका घटना, बैंकिङ कसुरका मुद्दाको वृद्धिदर उच्च

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २३
chinese arrested (3)
साइबर अपराध गरेको आरोपमा २०७९ चैत १५ गते बुधबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका चिनिया नागरिक सुतेर विरोध गर्दै। उनीहरूसहित ९ जना चिनिया १० नेपाली पक्राउ परेका थिए। फाइल तस्बिर

काठमाडौँ- मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ। गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो। यस्तै पक्राउ पर्नेको सङ्ख्या ११.२२ प्रतिशतले बढेको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए।

साइबर अपराधका मुद्दा सबैभन्दा बढी उजुरी परेको जनाउँदै उनले प्रहरीले अघिल्लो तीन महिनाको तुलना गर्दा बैंकिङ कसुरका मुद्दा दोब्बरले बढेको बताए। उनका अनुसार प्राप्त विवरणमा गत वर्षको तीन महिनामा एक हजार आठ सयको हाराहारीमा बैंकिङ कसुरका मुद्दा दर्ता भएकामा यस वर्ष त्यो सङ्ख्या बढेर तीन हजार पाँच सयभन्दा बढी छन्।

प्रहरीका अनुसार यस अवधिमा कूल तीन हजार पाँच सय ६२ जना फरार अपराधीलाई पक्राउ गरिएको छ। उनीहरुबाट एक हजार आठ सय ७० वर्ष १० महिना २५ दिन कैद असुल गरिएको छ भने तोकिएको रू ३० करोड ३८ लाख १६ हजार रकम असुल गर्नुपर्ने देखिएको प्रहरी प्रवक्ता कडायतले बताए।

उनका अनुसार उक्त अवधिमा गाँजा मात्रै ६ हजार ९ सय ६१ किलो, चरेस एक सय ७९ किलो, खैरो हेरोइन चार किलो २५ ग्राम र अफिम चार किलो ९८ ग्राम बरामद गरिएको छ। लागुऔषध ब्यूरोको विशेष अपरेसनमा रात्रिकालीन क्लबहरुमा गरिएको विशेष अपरेसनमा पाँच विदेशीसहित ११ जनालाई पक्राउ गरिएको छ।

प्रहरीले दिएको जानकारीअनुसार सहकारी ठगीका विषयमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ। शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी बहुमुखी सहकारीका शाखा कार्यालयहरुबाट एक लाख ८९ हजार आठ सय ७९ निक्षेपकर्ताहरुको रू १२ अर्ब २३ करोड ५१ लाख रकम दुरुपयोग भएको भेटिएको कडायतले बताए। उनका अनुसार उक्त रकम दुरुपयोगका आरोपमा सहकारीका सञ्चालक केदारनाथ शर्मालाई पक्राउ गरी कानुनी कारबाही थालिएको छ।

अन्य सहकारी ठगीतर्फ रू दुई अर्ब ४४ करोड २१ लाख बिगो कायम गरी अन्य सहकारी ठगीका आरोपीविरुद्ध पाँचवटा मुद्दा दर्ता भएका छन् भने उक्त मुद्दमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरिएको छ। यस अवधिमा लामो हतियार एक सय ५३, छोटा हतियार १६, गोली एक सय ४७ र म्यागजिन छ वटा बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार छ हजारभन्दा बढी हातहतियार भने नष्ट गरिएका छन्।

सवारी दुर्घटना
प्रहरी प्रधान कार्यालयका अनुसार गएको चैत १५ देखि अहिलेसम्म तीन महिनाको अवधिमा छ हजार चार सय २० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर पाँच सय ८१ जनाको मृत्यु भएको छ भने एक हजार सात सय २१ जना गम्भिर घाइते भएका छन्। सवारी सम्बन्धमा सात लाख ३६ हजारलाई कारबाही गरिएको छ। कारबाहीबापत रू ५६ करोड ४६ लाख राजस्व सङ्कलन गरिएको कडायतले बताए। उक्त अवधिमा रू एक अर्ब ५९ करोड ६२ लाखको अवैध सामान बरामद गरिएको छ।

विपद् व्यवस्थापनमा १० हजार जनशक्ति
प्रहरी प्रधान कार्यालयका अनुसार विपद् व्यवस्थापनमा १० हजार ८५ जना जनशक्ति तयार पारिएको छ। उनीहरुलाई चौबिसै घण्टा परिचालन गर्न सक्ने गरी तयारी अवस्थामा राखिएको छ।

प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्रको स्थापना र विभिन्न कसुरको अनुसन्धान गर्ने निकायबीच साझा प्लेटफर्मका रुपमा विकास गर्ने प्रारम्भिक समझदारी भएको जानकारी दिएको छ। साथै नेतृत्व तहमा रहेका प्रहरी कर्मचारीबीच समन्वय र निर्णय प्रक्रियामा सामूहिक भावनाको विकास गर्न प्रहरी महानिरीक्षकबाट विभागीय प्रमुखलाई अधिकार प्रत्यायोजन गरिएको छ।

निम्न दर्जाका प्रहरी कर्मचारीको चाहनाअनुरुप निवृत्तिभरणका लागि १६ वर्षमा नै अवकाशमा जान पाउने प्रावधानका लागि कानुन संशोधनको प्रस्ताव पेस गरिएको, अपराध अनुसन्धानमा लामो समय एकै ठाउँमा रहेका मुद्दा फाँटका कर्मचारीलाई सरुवा गरिएको, नयाँ भर्नाको दरखास्त प्रणालीलाई सहज बनाउन अनलाइन प्रणालीको विकास गरिएकोलगायत प्रशासनिक काम/कारबाही सुधार भएको प्रहरीले तीन महिने प्रगति विवरणमा उल्लेख गरेको छ।

त्यस्तै नेपाल प्रहरीको शोध, अध्ययन अन्वेषण कार्यादेश–२०८० स्वीकृत भएको तथा विशिष्टीकृत जनशक्ति परिचालन कार्यविधि स्वीकृत गरी विशिष्टीकृत तथा वैज्ञानिक अपराध अनुसन्धान प्रणालीको विकास गर्ने लक्ष्य राखिएको जनाइएको छ।

प्रकाशित: २०८० असार २३ गते शनिवार ०४:१५
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना