काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको वर्तमान आवश्यकता भएको बताउएका छन्। नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको नगर सम्मेलनमा उनले यस्तो बताएका हुन्।
‘म फेरि संसदीय दलको नेता बदल्ने कुरामा लाग्छु, सके म प्रधानमन्त्री बन्छु नसके मेरो पुस्ताको कसैलाई प्रधानमन्त्री बनाउँछु,’ उनले भने। कांग्रेसलाई बदल्नका लागि आफू लागेको स्पष्ट पारे।
‘हामी कांग्रेसमा छौँ, कांग्रेसलाई बदल्नका लागि लाग्नुपर्छ, कांग्रेस बदल्नका लागि मैले संसदीय दलको नेतामा उम्मेदवारी दिएको हुँ,’ उनको भनाइ छ। कांग्रेस नेता प्रदीप पौडेलले अहिलेकै अवस्था रहने हो भने आगामी निर्वाचन कांग्रेसले जित्न नसक्ने दाबी गरे।
सरकारमा रहेका मन्त्रीहरुले जनताका पक्षमा काम गर्न आग्रहसमेत उनको आग्रह छ। सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताबारे नराम्रो नलेख्न आग्रह गरे।
नेता पौडेलले टोल, वडा सम्मेलन गरेर पार्टीलाई बलियो बनाउन सुझाव सङ्कलन गर्नुपर्नेमा जोड दिए।


