२०८३ कार्तिक १३ गते बिहिबार

पहाडै चर्किएपछि तीन सय परिवार जोखिममा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २४
Taplejung dobhan bajar badhi
गएराति मैवाखोलामा आएको बाढीले कटान गरेपछि जोखिममा रहेको ताप्लेजुङको दोभान बजार । तस्बिरःसन्तोष पुर्कुटी/रासस
पर्वत – जलजला गाउँपालिका वडा नं ५ लेखफाँटको सिङ्गो गाउँ पहिराको जोखिममा परेको छ। बस्तीभन्दा माथि रहेको लोप्रेको सिङ्गो डाँडै चर्किएर लेदो बग्न थालेपछि गाउँ जोखिममा परेको हो।
निरन्तरको वर्षासँगै पहाडबाट झरेको कमेरो माटो, ढुङ्गासहितको लेदोले खेतबारीसमेत पुरिन थालेको छ। वडा नं ५ लेखफाँटका साविकका दुई वडामा रहेका तीन सयभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए।
उनका अनुसार पहाडको सबै भाग चर्किएकाले जोखिम न्यूनीकरणका लागि तत्काल कुनै कदम चाल्नुपर्ने हुन्छ। डाँडामुनि रहेका मूलघडेरी, गैरीगाउँ, पूर्णगाउँ र माझफाँटसम्म जोखिम रहेको उनले बताए। पर्वतको वारी बेनीसमेत उक्त पहिराको जोखिममा पर्ने देखिएको छ।
वर्षायाम सुरु भएसँगै खेतबारीमा रोपेको धान, कोदो पहाडबाट झरेको लेदोले पुरिन थालेपछि गाउँलेहरुले स्थानीय सरकारलाई गुहारेका छन् । गाउँपालिकाका जनप्रतिनिधिसहित जिल्ला विपद व्यवस्थापन समितिको टोलीले जोखिमपूर्ण स्थलको अवलोकन गरेको छ।
स्थानीय पदम कार्कीले पहाड नै चर्किएपछि बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको बताए। ‘लगाएको खेतीबालीसमेत पूरै पुरिएको छ, कमेरे माटोमा खेती नहुने भएकाले हिउँदमा समेत खेतीबाली लगाउन नमिल्ने भइसक्यो, हामी निकै समस्यामा परेका छौँ, बस्ती छाड्ने कि संरक्षण गर्ने भन्ने अन्योल रहेको छ,’ उनले भने।
गाउँपालिकाले भने बस्तीमा ढुङ्गामाटो आउन नदिनका लागि तत्कालका लागि ड्याम बनाएर व्यस्थापन गर्ने योजना बनाएको छ। यो योजना दिर्घकालीन नहुने स्थानीयको भनाइ छ। पहाड खस्नबाट जोगाउनुभन्दा पनि मानव बस्तीलाई जोगाउनतर्फ लाग्नुपर्ने स्थानीयले अनुरोध गरेका छन्। भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेलले उक्त क्षेत्रको अवस्था भयावह रहेको बताए।
प्राकृतिक प्रकोपलाई कसैले रोकेर रोक्न नसकिने जनाउँदै उहाँले कुनै पनि बेला ठूलो दुर्घटना निम्तिने अवस्था रहेको बताए। उनले पहिला मानव तथा गाईबस्तुको संरक्षणमा ध्यान दिनुपर्ने बताए।
विसं २०७२ को भूकम्पपछि उक्त क्षेत्रमा पहिराको जोखिम बढ्दै गएको हो। तत्कालीन अवस्थामा त्यहाँका पाँच परिवार विस्थापित भएका थिए। भूकम्पपछि हरेक वर्षायाममा यहाँका बासिन्दा त्रासपूर्ण अवस्थामा बस्दै आएका छन्।
उक्त क्षेत्रको जोखिम न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बोलाएर आवश्यक निर्णय गरिने गाउँपालिकाका अध्यक्ष आचार्यले जानकारी दिए। बस्ती स्थानान्तरण वा अन्य वैकल्पिक उपायका बारेमा छलफल गरेर निष्कर्षमा पुगिने उहाँले बताए।
प्रकाशित: २०८० असार २४ गते आईतबार ०१:५३
प्रतिक्रिया

थप समाचार

स्थानीय सरकारले नै अड्काए राहत, ५ महिना बित्दा पनि पठाएनन् पीडितको तथ्यांक

काभ्रेपलाञ्चोक- काभ्रेका स्थानीय तहले बाढी पहिरोबाट क्षति भएको ५ महिना बित्दा पनि पीडितको तथ्याङ्क नपठाएर राहत/अनुदान अड्काइदिएका छन्। जिल्लास्थित विपद् व्यवस्थापन समितिले बैठकमार्फत स्थानीय...

मनसुनी विपद्‍ले दुई महिनामै १९३ जनाको ज्यान लियो, ४९ जना अझै बेपत्ता

काठमाडौँ- नेपालमा यसपालि मनसुन विपदमा परी १९३ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार बिहानसम्म अद्यावधिक गरेको विवरणअनुसार बाढीपहिरो र चट्याङका कारण १९३ जनाको मृत्यु भएको...

मनसुनी विपदमा परी मृत्यु हुनेको संख्या १९० पुग्यो

काठमाडौँ- भारी वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायत मनसुनी विपद्मा परेर १९० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएसँगै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

आज यी स्थानमा हुन सक्छ भारी वर्षा

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ। कोशी, मधेस,...

बाढीमा बेपत्ता एकजनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता

सङ्खुवासभा – सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ। टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना