२०८३ कार्तिक १३ गते बिहिबार

आर्मी र एपिएफको लगातार दोश्रो जित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २४
NVA Volleyball army vs apf
एनभीए भलिबल लिग २०८०

काठमाडौं – सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सातौं प्रधानमन्त्री कप एन।भि।ए। महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० मा लगातार दोश्रो जित निकाल्दै अंक तालिकामा समान ६÷६ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएका छन्।

आर्मीले दोश्रो दिन दोश्रो जित निकाल्ने क्रममा दावाँली मिलन क्लबलाई २–१९, २५–११, २५–२० अंकले पराजित गर्दै थप ३ अंक जोड्न सफल भएको छ। पहिलो दिनको खेलमा आर्मीले सैलुङ्ग बाघढुङ्गलाई पराजित गरेर ३ अंक जोडेको थियो।

यस्तै एपिएफले पनि आज भएको आफ्नो दोश्रो खेलमा गण्डकी प्रदेश भलिबल क्लबलाई ३–१ ले पराजित गर्दै थप ३ अंक जोडेको हो । पहिलो सेट २१–२५ ले गुमाएको एपिएफ खेलमा फर्कदै लगातार बाँकी तीन सेट २५–२१, २५–२३, २५–१७ ले जित्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भएको हो। हिजोको पहिलो खेलमा एपिएफले दावाली मिलन क्लबलाई पराजित गरेको थियो।

प्रतियोगिताको दावेदार टिम टिपटप हेल्प नेपालले पनि आज आफ्नो पहिलो खेलमा सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् कलब, रामेछापलाई ३–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो। ३ पाकिस्तानी खेलाडी सहित कोर्टमा उत्रेको हेल्प नेपालले सैलुङ्गलाई २५–१२, २५–१५, २५–१९ ले पराजित गरेको हो।

नेपाल भलिबल संघको आयोजनमा भएको लिगको महिला तर्फको खेलमा एपिएफले आर्मीलाई ३–२ सेटले पराजित गर्दै अंक बाँढ्न बाध्य भयो। संघर्षपूर्ण खेलमा पहिलो र दोश्रो सेट ३०–२८, २५–२३ ले जितेको एपिएफले तेश्रो र चौथो सेट गुमाउन पुग्यो। आर्मीले तेश्रो सेट २०–२५ र चौथो सेट १९–२५ ले जित्यो । निर्णायक तथा पाँचौ सेट आर्मीले खेलको लयलाई गुमाउन पुग्दा एपिएफले १५–६ ले जित हात पार्दै जितलाई आत्मसाथ गरेता पनि आर्मी संग अंक बाँढ्न पुग्यो। आजको जितबाट एपिएफको २ अंक र हारका बावजुद पनि आर्मीको १ अंक भएको छ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फकै अर्को खेलमा होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले गण्डकी प्रदेश भलिबल क्लबलाई ३–० सेटले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोड्यो। डायमन्डले गण्डकीलाइ २५–१७, २५–१६, २५–१५ ले पराजित गरेको हो।

प्रकाशित: २०८० असार २४ गते आईतबार ०७:१८
प्रतिक्रिया

थप समाचार

कप्तानबाट बर्खास्त भएका हरिहजुरले फिर्ता लिए प्रशिक्षणबाट आफ्नो नाम

काठमाडौं – स्वास्थ्यको कारण देखाउँदै राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान हरिहजुर थापाले एसियाडको प्रशिक्षणबाट आफ्नो नाम फिर्ता लिएका छन्। चीनमा हुने एसियाली खेलकुदका लागि िभलिबल संघले बोलाएको...

भलिबलका हरीहजुर बर्खास्त, मान बहादुर बने नयाँ कप्तान

काठमाडौं – नेपाल भलिबल संघले हरिहजुर थापालाई बर्खास्त गरेर मानबहादुर श्रेष्ठलाई नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त गरेको छ। नेपाल भलिबल संघको हिजो सोमबार बसेको कार्यसमिति...

भलिबल खेलाडी अमृत क्षेत्रीद्वारा पत्रकारमाथि हातपातको प्रयास

काठमाडौं – टिपटप नेपालका खेलाडी अमृत क्षेत्रीले भलिबल प्रतियोगिताको फाइनलको रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि हातपातको प्रयास गरेका छन्। मिडिया बक्समा बाहिरको मानिस प्रवेश गरेर आफूलाई...

एपिएफलाई हराउँदै पुलिसले जित्यो एनभीए भलिबल लिगको उपाधि

काठमाडौ – काठमाडौंमा आज सम्पन्न भएका सातौं संस्करणको महिला तथा पुरुष एनभिए पिएम क्लब भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा आजै सम्पन्न भएको...

एनभीए भलिबल लिगः पुलिसले आर्मीलाई हरायो

काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सातौ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग प्रतियोगितामा नेपाल पुलिस संग पराजित भएको छ। चौथो खेल सम्म अपराजित आर्मीलाई आज...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना