काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई तीन दलले बन्धक बनाउन खोजेको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद्लाई तीन दलले बन्धक बनाउन खोजेको बताएका हुन्। उनले जनताका मुद्दालाई वेवस्ता गर्दै शीर्ष नेताको स्वार्थमा संसद्लाई बन्धक बनाउन खोजिएको भन्दै आपत्ति जनाए।
‘यो संसद ३ दलले बन्धक बनाउन मिल्छ? उनीहरुले जे गर्यो त्यही हो? अरु माननीय चाहिँ केही होइन?,’ उनले भने, ‘शीर्ष नेतालाई मुड चलेन भने यो सदन रोकिन्छ? जनताका मुद्दामा संसद रोकिन्छ भने रोकियोस् । नेताको स्वार्थमा संसद रोकिने कुरा हामी स्वीकार गर्दैनौं।’


