काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा माग्नेबित्तिकै दिनुपर्ने हो? भनेर प्रश्न गरेका छन्।
नेकपा एमालेले आफूलाई स्पष्टीकरणको मौकासमेत नदिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले अभिव्यक्तिबारे स्पष्टीकरणको मौका नदिई राजीनामा माग्नु नै लोकतन्त्र, संसदीय मान्यता हो त? भनेर प्रश्नसमेत गरेका छन्।
‘संसदमा सानाठूला प्रश्नको जवाफ दिँदै आएको छु। संसद्मा उठेका प्रश्नको जवाफ दिनु मेरो जिम्मेवारी हो। पुस्तक विमोचनको अभिव्यक्तिप्रति प्रश्न उठ्ने बित्तिकै बोल्ने अवसरको निम्ति माग गरेको हुँ, यति गम्भीर प्रश्न उठिनै सकेपछि यथार्थ के हो भनेर स्पष्टीकरण दिने अवसर ठूलो कुरा थियो,’ उनले भने, ‘के मैले सम्मानित संसद अगाडि उभिएर भन्न पाउनुपर्दैन? किन ३ दिन संसद अवरुद्ध गरियो मैले बुझ्न सकेको छैन। यही हो लोकतान्त्रिक विधि र परम्परा? के प्रतिपक्षले प्रश्न उठाउने वित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो?, संसदमा स्पष्टीकरणको मौका पनि नदिनुपर्ने हो?’
एक पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेर संसद अवरुद्ध गरेको थियो।


