२०८३ कार्तिक १३ गते बिहिबार

आक्रामक प्रतिपक्षीलाई प्रधानमन्त्रीको सहज उत्तर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २५
prachanda
फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको विरोधका कारण ५ दिनसम्म संसदमा अवरोध भयो। संसदको अवरोध खुलाउने सत्तापक्षलाई यो समय लागेको थियो। सोमबारको बैठक सुरु हुने बित्तिकै प्रतिपक्षका सांसदहरूले उठेर विरोध गरेका थिए। यसपछि प्रतिपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदलाई सभामुख देवराज घिमिरेले बोल्नका लागि समय दिए।

यसअघि सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले भूमिका खेलको बताएका थिए। आफूलाई प्रधानमन्त्री बनाउने शिलशिलामा नै सिंह पटकपटक दिल्ली पुगेको उनले उल्लेख गरेका थिए। यही विषयलाई प्रतिपक्षी दलहरूले सार्वभौमिकतासँग जोडेर विरोध गरेपछि सदन अवरुद्ध भएको थियो।

एमाले सांसद गोकुल बाँस्कोटाले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न भने, ‘तपाईंले तीरंगा उचाल्ने कि चन्द्रसूर्य झण्डा उचाल्ने संसदमा भन्नुपर्‍यो। प्रधानमन्त्रीको निरन्तर मौनता हाम्रो लागि स्वीकार्य भएन। देशको लागि स्वीकार्य भएन। चारतारे लालतारे झण्डालाई जेसुकै होस् तर चन्द्र सूर्यको लागि स्वीकार्य भएन।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादित अभिव्यक्तिलाई लिएर तीन दलका कारण सदन अवरोध भएपछि उनीहरुले विरोध जनाए। रविको प्रश्न थियो, ‘यो संसद ३ दलले बन्धक बनाउन मिल्छ ? उनीहरुले जे गर्यो त्यही हो ? अरु माननीय चाहिँ केही होइन?’

राप्रपाका अध्यक्ष लिङ्देनले तीन दलको नेता बसेर गर्ने सबै निर्णय मान्य नहुने बताए। ‘संसद्मा केही दल मात्र छैनन्। तमाम दलहरू निर्णायक अवस्थामा छन्। ३ दलका ३ नेता बसेर सबै राजनीतिक विषयमा निर्णय गरे हाम्रा लागि मान्य हुन्न। कोही कसैको निर्णयको भारी बोकेर हिँड्न तयार छैन।’ उनले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने समेत उल्लेख गरेका थिए।

उनीहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामान्य विषय उठ्ने बित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताए।

लोकतन्त्रमा राजनीतिक दलका आफ्ना मत र मतभेदसमेत रहने उल्लेख गर्दै उनले सामान्य बिमती हुने वित्तिकै संसद् नै अवरोध गर्ने रोग हटाउनुपर्ने बताए। प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्नसमेत गरे। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले मतभेदका पनि आफ्ना सीमा र मर्यादा रहेको बताए।

प्रधानमन्त्री दाहालले भने, ‘मतभेदका पनि आफ्ना मर्यादा हुन्छ, आवेग र हतारमा टिप्पणी नगरौँ।’ दलगत स्वार्थको परम्परागत प्रदर्शनबाट जनता आजित भइसकेको कुरालाई नबिर्सन समेत उनले आग्रह गरे। प्रधानमन्त्री दाहालले स्पष्टीकरणको मौका नदिई लगातार राजीनामा मागिनु संसदीय मर्यादाभित्र नरहेको स्पष्ट पार्नुभयो। उनले भने, ‘तीन दिनसम्म किन संसद् अवरुद्ध गरियो? म सुरुदेखि स्पष्ट पार्न बसेको थिए। मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो? राजीनामा नआएसम्म संसद् चल्न दिँदैन किन भनियो बुझ्न सकेको छैन।’

प्रतिपक्षलाई प्रश्न उठाउने हक भएको उनको भनाइ छ। उनले भने, ‘राजीनामा नदिएसम्म संसद् चल्न दिँदैनौँ किन भनियो? के यही हो संसदीय अभ्यास? प्रतिपक्षलाई हक छ म मान्छु। उनहरूले प्रश्न उठाउन सक्नहुन्छ। नैतिकताको प्रश्न उठाउन पाइन्छ।’

संसद्मा पटक पटक नैतिकताको विषय उठेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘नैतिकताका कसले देखायो, कसले देखाएन, म इतिहास हेर्न अनुरोध गर्दछु।’  विगतमा आफूले दुई पटक नै नैतिकताको धरातलमा टेकेर राजीनामा दिएको उनले स्मरण गरे।  उनले कोही कसैले भनेकै आधारमा राजीनामा नदिने बरु आफ्नो अन्तरआत्माले भने एक मिनेट पनि पदमा नबस्ने स्पष्ट पार्नुभयो।  प्रधानमन्त्री दाहालले भने, ‘तपाईँहरुले भनेकै आधारमा राजीनामा म दिन्न, तर मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा बस्दिनँ।’

आफू प्रधानमन्त्रीको पदमा रहँदासम्म देश, जनताको पक्षमा काम गरेर देखाउने विश्वास व्यक्त गरे। प्रधानमन्त्री दाहालले सरकार मिटर ब्याज पीडितको पक्षमा रहेको र यो विषय धेरै पहिल्यैदेखि उठेको बताए।  उनले परिवर्तनको रक्षा, सुशासन र शान्ति, बृहत्तर राष्ट्रिय हित र राष्ट्रियता एवं सार्वभौमसत्ताको विषयमा आफू प्रतिबद्ध रहेको र त्यसमा निष्ठावान रहेको  दोहोर्याउनुभयो। उनले प्रितम सिंहका बारेमा लेखिएको पुस्तक विमोचनमा क्रममा व्यक्त भएका भाषाप्रति दुःख व्यक्त गरे।

सिंहको विषयमा लेखिएको पुस्तक विमोचनका कार्यक्रममा बोल्ने क्रममा आफूले छोरी ज्ञानु बेडमा सुतिरहेको सम्झिएको बताए। प्रधानमन्त्रीले भने, ‘यहाँहरु सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु। यही त प्रचण्ड भयो अब गर्नुहुन्छ के? थोरै भावनामा आएँ। मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनेँ।’

प्रधानमन्त्रीको रुपमा आफूले त्यस्तो नबोल्नुपर्ने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भने ‘म त्यो दिन प्रधानमन्त्री भएर बोलिनँ। म ज्ञानुको बुबा भएर बोल्न पुगेँ। त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ। प्रितम सिंहको सदासयताको निम्ति धन्यवाद दिन पुगे।’ उनले आफ्नो स्वभावजन्य भावुकताका लागि आत्म समीक्षा गरेको बताए। प्रधानमन्त्री प्रचण्डले आत्म समीक्षासँगै आफूका बारेमा प्रश्न उठाउनेमाथि पनि थप केही प्रश्न गरे। ‘यसबीचमा प्रश्न उठाइयो, मलाई प्रधानमन्त्री कसले बनायो? नेपालमा प्रधानमन्त्री कसले बनाउँछ भन्ने किसिमले प्रश्न उठ्यो। म यो प्रश्न उठ्दै गर्दा मभित्र धेरै कुरा खेले। मलाई प्रधानमन्त्री बनाउन लिखित रूपमा हस्ताक्षर गर्नेहरूबाटै यो प्रश्न आएको देख्दा म गम्भीर भएको छु’, उनले भने।

आफू प्रधानमन्त्री कुन परिवेशमा भए भन्ने कुरा सबैभन्दा बढी हेक्का प्रमुख प्रतिपक्षी दलका प्रमुख नेतालाई थाहा भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘कसले रोक्न खोजेको थिए भन्ने थाहा हुँदाहुँदै अहिले राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको यति ठूलो अवहेलना हुने गरी प्रश्न कसरी उठाइयो भन्नेमा मभित्र प्रश्न उठेको छ।’

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिएको छ। राष्ट्रियसभाका पूर्वसदस्य लालकाजी गुरुङको निधनप्रति पनि बैठकले शोक प्रस्ताव पारित गरेको छ। विसं २०४८ मा नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित गुरुङको यही असार २३ गते निधन भएको थियो।

प्रतिनिधिसभाको अर्को बैठक यही असार २९ गते शुक्रबार अपराह्न १ बजे बस्नेछ।

प्रकाशित: २०८० असार २५ गते सोमबार ०८:३५
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना