काठमाडौं– दुई र तीनपांग्रे सवारीसाधन निर्माता टिभिएस कम्पनीबाट उत्पादित अपाचे आरआर ३१० मोटरसाइकलले भारतमा नयाँ कीर्तिमान कायम गरेको छ। अपोलो अल्फा एच१ टायर्स रहेको टिभिएस अपाचे आरआर ३१० मोटरसाइकलले भारतीय राष्ट्रिय स्पिड इन्डोरेन्समा नयाँ कीर्तिमान कायम गरेको हो।
२४ घन्टे स्पिड इन्डोरेन्स चुनौतीको भागका रूपमा कम्पनीले एसियाकै सबैभन्दा लामो हाइस्पिड ट्रयाक मानिएको एनएट्रयाक्स इन्दौरमा ३,६५७.९२ केएमएसको कीर्तिमान कायम गरेको जनाइएको छ । टिभिएस रेसिङद्वारा अद्वितीय ट्रयाक वेपन कार्पमा निर्माण गरिएको टिभिएस अपाचे आरआर ३१०, यसको असाधारण शक्ति र एजिलिटीका लागि प्रमाणित भएको कम्पनीको दाबी छ।
१७३ किलोमिटर प्रतिघन्टाको अधिकतम गति र १५२ किमि प्रतिघन्टाको औसत गतिका साथ यो मोटरसाइकलले रेसट्रयाकमा आफ्नो प्रभुत्व प्रमाणित गरेको कम्पनीले बताएको छ। टिभिएस अपाचे सिरिजले भर्खरै ५० लाख विश्वव्यापी बिक्रीको कोसेढुंगा प्राप्त गर्न सफल भएको कम्पनीका बिजनेस हेड विमल सुम्ब्लीले जानकारी दिए।
टोलीमा १८ चालक तीन वटा टिभिएस अपाचे आरआर ३१० मोटरसाइकलमा दौडिएका थिए। उनीहरुको औसत गति १५२ किमि प्रतिघन्टामा कुल ३२२ ल्याप कभर गरिएको थियो। नेपालमा टिभिएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो।


