२०८३ कार्तिक १३ गते बिहिबार

सफल होला नेसपालाई तन्काउने बाबुराम योजना?

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार २८
ramsahaya

काठमाडौं– २०५२ देखि चलेको सशस्त्र हिंसालाई विसर्जन गराएर शान्ति सम्झौता (२०६३) पछि राजनीतिक रुपमा अस्थिर हुँदै गएका आर्किटेक्ट इन्जिनियर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मूल माओवादी छाडेपछि हालसम्म पाँच वटा दलमा रहेर प्रयोग गरिरहेका छन्। पछिल्लो समय नेपाल समाजवादी खोलेर संगठन विस्तार अभियानमा खटिएका बाबुरामले पार्टीलाई संगठनात्मक रुपमा मुलुकभर बलियो बनाउने दाबीसमेत गरेका छन्।

बाबुरामले ३० फागुन २०६९ मा आफ्नो पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका थिए। राजीनामा अगाडि उनी माओवादी पार्टीका वरिष्ठ स्थायी समिति सदस्य र उपाध्यक्ष थिए। त्यसपछि नयाँ शक्ति पार्टीलाई जन्म दिएर संयोजकको रूपमा काम गरे। २०७६ मा नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालको एकीकरणबाट बनेको नवगठित समाजवादी पार्टी, नेपालको संघीय परिषद् अध्यक्ष। पछि समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई जनता समाजवादी पार्टी, नेपाल गठन भएको थियो। जसपामा पनि बस्न सकेनन् र बाबुरामले पछिल्लो समय नेपाल समाजवादी पार्टी अध्यक्षको रुपमा जिम्मेवारी सम्हालिरहेका छन्।

बाबुरामलाई जसपाले पार्टीबाट निष्कासित गरेपछि १२ साउन २०७९ जनता समाजवादी पार्टी गठन गरेका थिए। उनै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियानलाई अगाडि बढाउने भएको छ। बाबुरामले समाजवादी मोर्चामा हाम नफालेपछि नेसपाले संगठन विस्तारलाई प्राथमिकतामा राखेर १ साउनदेखि ६ महिनासम्म संगठन विस्तार अभियान चलाउन लागेको हो।
पार्टीले विभिन्न प्रदेशमा केन्द्रीय कार्यकारिणी समितिका नेतालाई अभियानको नेतृत्वमा चयनसमेत गरिसकेको छ।

कोसीमा हिसिला यमी, मधेसमा अध्यक्ष महेन्द्र यादव, बागमतीमा गंगा श्रेष्ठ, गण्डकीमा अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनीमा गोविन्द चौधरी, कर्णालीमा भक्तबहादुर साह र सुदूरपश्चिममा दुर्गा सोव र जनक शाहको नेतृत्वमा अभियान सञ्चालन हुनेछ।

अभियानको प्रभावकारिता अनुगमन गर्न समिति पनि बनाइएको छ। राजनीतिक समिति सदस्य महेन्द्र श्रेष्ठको नेतृत्वमा अनुगमन समिति गठन गरिएको हो। नेसपाले जिल्ला–जिल्लामा संगठन विस्तार अभियान सुरु गर्ने अध्यक्ष बाबुरामले बताए। पार्टीले प्रदेशस्तरीय प्रशिक्षण बैठकसमेत गर्ने निर्णय भएको छ। नेसपाका अनुसार कोसीमा १५ साउन, मधेसमा १७, बागमतीमा १९, गण्डकीमा २३, लुम्बिनीमा २५, कर्णालीमा २७ र सुदूरपश्चिममा २९ साउनमा बैठक सञ्चालन गरिने पार्टी नेता नेता विश्वदीप पाण्डेले बताए।

प्रकाशित: २०८० असार २८ गते बिहिबार ०८:१३
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना