२०८३ कार्तिक १३ गते बिहिबार

अलमलमा समाजवादी मोर्चाः बैठकपिच्छे निर्णय फेरबदल

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार ३१
samjbadi morcha

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष जोडबलमा जन्मिएको समाजवादी मोर्चा सुरुमै अलमलमा रहेको संकेत देखिएको छ। मोर्चाका परिकल्पनाकार बाबुराम भट्टराईलाई पाखा पारेर ४ असारमा राष्ट्रिय सभागृहमा तामझामसहित जन्माइएको मोर्चा अहिलेसम्म दिशाहीन अवस्थामै छ। समाजवादी मोर्चामा आबद्ध प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेबाट चोइटिएर छुट्टै दल खोलेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नेकपा ब्युँताएर सबै कम्युनिस्टलाई एउटै ओडारमा ल्याउनुपर्ने धारणा पटक–पटक बाहिर ल्याइरहेका छन्। नेकपा ब्युँताउँदा समाजवादी मोर्चाको अस्तित्व रहनेमा भने शंका छ।

सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन्। राजनीतिक स्थिरताका लागि पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवादी मोर्चा घोषणा गरिए पनि उपेन्द्र यादवले एउटै पार्टी बन्न अस्वीकार गरेपछि मोर्चाको लामो समयसम्म एकै रहनेमा आशंका जन्मिएका छन्।

घोषणासभामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा नेपालको सहमतिपत्रमा संयुक्त हस्ताक्षर गरेर आफूहरु बलियो शक्ति रहेको घोषणा गरेका थिए। तर, सत्तारुढ कांग्रेसका दोस्रो तहका नेताहरु, रिसाएका बाबुराम र मूल प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले सत्ता र शक्तिमा रहिरहन प्रचण्डले कांग्रेस, एमालेलाई बार्गेनिङ गर्न मोर्चा खोलेको आरोप लगाइसकेका छन्।

सुरुमा मोर्चा सञ्चालन गर्न तत्कालका लागि दुई तहको संरचना बनाउने तयारी भए पनि फेरिएको फरियै छ। शीर्ष नेताहरू रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय गठन गरिने भनिएको थियो। मोर्चा सञ्चालनका लागि चार पार्टीमा आलोपालो अध्यक्ष प्रणाली लागू गरिने भनिएकाले अस्थिर हुने देखिन्छ। चार पार्टीबीच समाजवादी मोर्चा बन्दा ५४ सांसद भएका छन्। ५४ सांसद देखाएर प्रचण्ड, माधव नेपाल र उपेन्द्रहरुले सत्ताका लागि कांग्रेस र एमालेसँग बारम्बार बार्गेनिङ गर्ने निश्चित छ।

माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० समाजवादी मोर्चाभित्र छन्। मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने दाबी गरे पनि बैठकपिच्छे निर्णय फेरिन थालेपछि मोर्चाको भविष्यमाथि शंका उब्जिएको छ।

हिजो मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मोर्चाको बैठक बसेको छ। शनिबार दिउँसो ३ बजे बसेको बैठकले चार–चार महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। यसअघि ६–६ महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो। यसबाट पनि मोर्चा दीर्घ नरहने संकेत देखिएको छ।

शनिबार बसेको बैठकले जिल्ला तहसम्म संरचना बनाउने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले बताए। बैठकले साउनको १२ गतेपछि सातै प्रदेशमा मोर्चाको आवश्यकता र औचित्य बुझाउने गरी भेला गर्ने निर्णय गरेको छ। समाजवादी मोर्चाको नेतृत्व आलोपालो प्रणालीअनुसार हुनेछ। मोर्चाको अध्यक्षता अहिले नेकपा समाजवादी एकीकृतका अध्यक्ष माधवकुमार नेपालले गरिरहेका छन्।

प्रकाशित: २०८० असार ३१ गते आईतबार ०७:३०
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना