काठमाडौँ- जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा प्रकाउ परेकाहरूलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।
न्यायाधीश दयाराम ढकालको इजलासले मीनबहादुर गुरुङसहित १७ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
आफूहरुलाई गैरकानूनी थुनमा राखिएको दावी गर्दै गुरुङलगायतका केही आरोपितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। उक्त निवेदनमा पनि आइतबार नै सुनुवाइ भइरहेको छ।


