काठमाडौँ– मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले दर्ता गराएको विधेयक पारित गर्ने प्रक्रियामा रास्वपा र राप्रापाले अवरोध गरेका छन्। प्रतिनिधि सभा बैठकमा उनीहरूले पारित गर्ने प्रक्रियामा विरोध गरेका हुन्।
उनीहरूको विरोधका कारण प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न बनेको विधेयक तत्काल अघि बढाउन माग गरेका थिए। तर विधेयक पारित गर्ने प्रक्रियामा रास्वापाले चर्को विरोध गरेको हो। उसले सुरुमा उठेर विरोध जनाएको थियो। पछि सभामुखको बेल घेराउ गर्न पुगको थियो।
यसअघि मिटरब्याज पीडितका समस्या समाधान गर्नका लागि ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि रास्वपाका सोबिता गौताम र सुमना श्रेष्ठलगायतले आफ्नो विरोधको सूचनामाथि धारणा राखेका थिए। उनीहरूको विरोधको सूचनामाथि कानुनमन्त्री धनराज गुरुङले जवाफ दिएका थिए। तर उनको जवाफमा रास्वपाले चित्त बुझाएन।


