२०८३ कार्तिक १३ गते बिहिबार

एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक, १० एजेन्डामाथि छलफल चलाइँदै

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, साउन २
Nepali-congress

काठमाडौं–सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ढिलो गरी एक वर्षपछि आजदेखि मुख्यालय सानेपामा बस्दै छ। तीन–तीन महिनामा बस्नुपर्ने बैठक गत वर्ष २८ असारदेखि २ साउनसम्म बसेको थियो। त्यसयता कांग्रेस केन्द्रीय समिति बैठक विभिन्न समयमा मिति घोषणा गरेर पनि बस्न सकेको थिएन। यसअघि २७ असारदेखि बस्ने भनिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीताको निधन भएपछि स्थगित गरेर आजलाई सारिएको हो।

बैठकमा वर्ष दिनका पार्टी निर्णय अनुमोदन गराउनेदेखि भ्रातृ संगठनसम्बन्धी गरेको निर्णय र विस्तारबारे छलफल हुने बताइएको छ। कांग्रेसले सांगठनिक स्वरुप र भ्रातृ संगठनलाई अझ पूर्णता दिन सकेको छैन। पार्टीभित्र राजनीतिक सवालमा द्विविधा निरन्तर छन्।  लथालिंग कांग्रेसका भ्रातृ संगठन पनि लथालिंगै अवस्थामा छन्। १० मध्ये ९ वटा संगठनले वैधानिकता गुमाइसकेका छन्। केही दिनअघि मात्रै सभापति शेरबहादुर देउवाले पार्टी निकट तरुण दलमा चार सय सदस्य थपेका थिए।

कांग्रेसकै निर्णयअनुसार नेविसंघ, तरुण दललगायतका १० भातृ संस्था विघटित अवस्थामा छन्। ३ फागुन २०७८ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति निर्णयअनुसार १० वटा भ्रातृ संस्थाका तदर्थ समिति फागुन मसान्तभित्र पूर्णता दिनुपर्ने र तीनै तहका निर्वाचनको अन्तिम परिणाम आएको ३ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने भनिएको थियो।

निर्वाचन परिणाम आएको तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्न नसके तदर्थ समिति स्वतः विघटित हुने निर्णय कांग्रेसको थियो। तर, अहिलेसम्म त्यसबारे कुनै निर्णय भएको छैन। सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डाअनुसार कार्यसम्पादन समितिले गरेका निर्णय आज बस्ने बैठकमा अनुमोदन गरिनेछ। महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनबारे पनि बैठकमा छलफल बुझिएको छ। बैठकले सम्भवतः नीति महाधिवेशनको मिति र स्थान तय गर्नेछ।

कांग्रेसले गत वर्ष २७ असारदेखि २ साउनसम्म केन्द्रीय समिति बैठक गरेको थियो। त्यसपछि केन्द्रीय समिति बैठक बसेकै छैन। १४ मंसिर २०७८ मा १४औं महाधिवेशनले नेतृत्व मात्रै चयन गरेको थियो। ६ महिनाभित्र नीति अधिवेशन गर्ने भने पनि डेढ वर्षसम्म मिति तय हुन सकेको छैन। बैठकमा सरकारका काम–कारबाही, भ्रातृ संगठन विस्तारलगायत विषयमा छलफल हुनेछ।

केही दिनअघि मात्रै सरकार र पार्टीबीच समन्वय नहुँदा कांग्रेस थलिएको गुनासा ७७ वटै जिल्ला सभापतिको सानेपा भेलामा सुनिएका थिए। कांग्रेसमा २८ मध्ये प्रचार विभागले मात्रै पूर्णता पाएको छ। कांग्रेसमा १६८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। अझ केही केन्द्रीय सदस्य र कोषाध्यक्ष मनोनीत हुन बाँकी छ।

कांग्रेस नेता नैनसिंह महर सानेपा बैठकले पार्टीलाई सांगठनिक रुपमा ऊर्जा दिन सक्ने र भ्रातृ संगठनमा रहेको रिक्तताबारे ठोस निर्णय हुने अपेक्षा गरिएको बताउँछन्। उनले भने, ‘पोहोर असारपछि बल्ल आज केन्द्रीय समिति बैठक बस्न लागेको छ। बैठकले पार्टीभित्र देखिएका असन्तुष्टि, सरकारका कामकारबाही र भ्रातृ संगठनमा रिक्तताको अवस्थाबारे ठोस निर्णयमा पुग्नैपर्छ। कांग्रेसलाई सही दिशा दिन केन्द्रीय समिति बैठक फलदाय हुने अपेक्षा मात्रै हो।’

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक लाइभ गर्ने तयारी गरेको छ। सोमबारको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बैठक लाइभ गर्ने प्रस्ताव राखेका हुन्। उनको प्रस्ताव अनुसार एक वर्षपछि आज बस्न लागेको केन्द्रीय समिति बैठक लाइभ हुन सक्ने पूर्वमहामन्त्री शशांक कोइरालाले जानकारी दिए। ‘भोलि लाइभ गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भयो। शेरबहादुरजीले नै प्रस्ताव राखेपछि छलफल गरेको हो,’ पूर्वमहामन्त्री कोइरालाले भने, ‘दुवै कुरा आएको छ। लाइभ गर्दा पनि हुन्छ भनिएको छ। अर्को कुरा लाइभ गर्दा ढुक्कले हृदयबाट बोल्न नसक्ने पनि कुरा आएको छ। भोलि गरौँ, हेरौँ भन्ने कुरा भयो। सायद भोलि सुरुमै लाइभ हुन्छ।’

पार्टीको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने तयारी भएको सहमहामन्त्री फरमुल्लाह मन्सुरले जानकारी दिए। कांग्रेसले केन्द्रीय समितिको बैठक लाइभ गरे नेपाली राजनीतिमै नयाँ सुरुवात हुनेछ। अहिलेसम्म कुनै पनि राजनीतिक दलले आफ्ना बैठक लाइभ गरेका छैनन्। पदाधिकारी र पूर्वपदाधिकारी बैठकले केन्द्रीय समितिमा छलफलका लागि १० वटा एजेन्डा तयार गरेको छ।

तीमध्ये समसामयिक विषय (आर्थिक/परराष्ट्र/राजनीतिक), सांगठनिक कार्ययोजना र कार्यतालिका, केन्द्रीय समिति बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन, नीति अधिवेशन, विभिन्न विभाग गठन, थप र कामको व्याख्या गर्ने कार्यसूची बैठकमा तय गरिएको छ।

यस्तै, राष्ट्रव्यापी अभियानको घोषणा, अनुशासन समितिको प्रतिवेदन पेस, संसद्मा सम्पादन भएका कामको प्रतिवेदन, सरकारका गतिविधिलगायत विषयमा पनि बैठकमा चर्चा हुनेछ। २०७८ मंसिरको १४औं महाधिवेशनमा शेखर कोइरालालाई हराउँदै देउवा दोस्रो पटक सभापति बनेका थिए। यसबीचमा तीन तहका चुनाव, दलीय गठबन्धनलगायत कारण जनाएर कांग्रेसले केन्द्रीय बैठक बसाल्न सकेको थिएन।

प्रकाशित: २०८० साउन २ गते मङ्गलबार ०७:२८
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना