काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले एकै दिन विभिन्न स्थानमा ११ वटा नयाँ शाखा विस्तार गरी कारोबार सुरु गरेको छ।
बैंकले सिराहाको गोलबजार, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, मोरङको विराटचोक, मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को तथा मंगलबजार, सुर्खेतको छिन्चु, कालिकोटको रास्कोट, दैलेखको राकम कर्णाली र स्याङ्जाको वालिङमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्णाली प्रदेशमा मात्र तीन वटा शाखासहित सहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आमनागरिकमा आधुनिक बैंकिङ सेवा प्रवाह गरिरहेको बताए। हाल बैंकले २८२ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६९ एटिएम र ९९ शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ।


