काठमाडौँ- नेपाली कांग्रेसले भदौ ५ गते मधेश प्रदेशका आठै जिल्लामा प्रदीप गिरी संवाद कार्यक्रम गर्न प्रस्ताव गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन कुमार थापाले मधेशका सबै जिल्लामा प्रदीप गिरी संवाद कार्यक्रम गर्न प्रस्ताव गरेका हुन्।
‘भदौ ५ गते प्रदीप गिरीको पहिलो स्मृति सभा गरिनेछ। मधेशका सबै प्रदीप गिरी संवाद कार्यक्रम गर्न प्रस्ताव गर्छु,’ उनले भने।
बैठकका उनले एक वर्षे कार्ययोजना पेस गरेका छन्। प्रत्येक दुई महिनामा केन्द्रीय कार्यसमिति बैठक बोलाइने, भातृसंस्था लगायतका विषयमा उनले प्रस्ताव गरेका छन्।
बैठकले उनको प्रस्ताव पारित गरेपछि मात्र कार्यान्वयनको चरणमा जानेछ।


