२०८३ कार्तिक १२ गते बुधबार

भदौ १५ देखि ईभी एक्स्पो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३
Nepal EV Int’l Expo

काठमाडौँ- नेपाल ईभी एक्स्पो (बिजुली गाडीको मेला) २०८० आगामी भदौ १५ गतेबाट शुरु हुने भएको छ। इलेक्ट्रिक भेहिकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स एसोसिएसन अफ नेपाल (ईभीएमआईएएन), मिडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्स को संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो हुन लागेको हो।

नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ। विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी प्रतिष्ठित कम्पनीहरूको सहभागिता र १५० भन्दा धेरै ब्रान्डका गाडी तथा विद्युतीय सामग्रीहरू प्रदर्शनीका लागि राखिने आयोजकले जनाको छ।

एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू, अटोकम्पोनेण्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेसन लगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरूको उल्लेखनीय सहभागिता रहने विश्वास आयोजकले लिएका छन्।

यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुने तथा प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्ने र विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरू पनि प्रदर्शनीमा देख्न पाइने आयोजकले जानकारी गराएका छन्।

पछिल्ला दशकहरूमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ। यसका साथै उत्पादीत विद्युत खपत बढाउनका लागि पनि पहिलो प्राथमिकतामा विद्युतीय सवारी रहेकोले प्रवर्द्धन गर्न लागिएको जनाइएको छ। विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरूले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरू पनि कम गर्दछ। यसरी विद्युतीय गाडीको प्रयोगले वैकल्पिक उर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जीको खपत बढाउँछ।

गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने आयातका हिसाबले कार जिप भ्यानको शिर्षकमा विधुतीय सवारीको हिस्सा झन्डै ४० प्रतिशत रहेको छ भने विद्युतीय दुई पाङ्ग्रे, रिक्सा माइक्रोबस बस तथा अन्य सवारी साधनहरूमा पनि उल्लख्य रुपमा बढेको छ। हालका दिनहरूमा प्रायजसो ग्राहकहरूको रोजाइ विधुतीय सवारी नै हुने गरेको र आर्थिक मन्दी को अवस्थामा पनि विद्युतीय सवारीहरू राम्रोसँग बिक्री भै रहेको ईभीएमआईएएनका अध्यक्ष तथा यस एक्स्पोका संयोजक श्यामसुन्दर सापकोटाले बताए।

ईभीएमआईएएनको उद्देस्य र कार्यक्रमहरू माथि थप प्रस्ट पार्दै सापकोटाले ईभीएमआईएएन विधुतीय सवारी साधनसम्बन्धी काम गर्ने आयतकर्ता, निर्माणकर्ता, व्यवसायी, डिलर, चार्जिङ स्टेसन सञ्चालक सबैको साझा संस्था रहेको र विगत ११ वर्ष देखि विधुतीय सवारीको प्रवर्द्धन, विस्तार तथा नीति निर्माणको काममा सहयोग गर्दै आएको इतिहास बोकेको संस्था हो।

यो एक्स्पो ईभीएमआईएएनको आयोजनामा हुन गइरहेको पहिलो कार्यक्रम रहेको र भविष्यमा पनि यसलाई निरन्तरता दिँदै थप परिस्कृत गर्दै लगिने सापकोटाले बताए।

प्रकाशित: २०८० साउन ३ गते बुधबार १०:५६
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना