२०८३ कार्तिक १३ गते बिहिबार

कांग्रेस केन्द्रीय समितिमा उठ्यो खाणलाई निलम्बन गर्नुपर्ने माग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ४
ajay
फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समितिमा पूर्वगृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने माग उठेको छ। बिहीबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले यस्तो माग उठाएका हुन्।

‘यतिखेर कांग्रेस प्रचण्ड नेतृत्वको सरकारको मुख्य हिस्सेदार हो। यही सरकारको पालामा हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाणलाई अलगअलग आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएको छ,’ नेता शिवाकोटीले भने, ‘सभापतिज्यू, यो प्रकरणमा हाम्रो दुविधा अचम्मकै छ। खाणप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नु पर्‍यो। होइन भने पार्टीबाट निलम्बन गर्नुपर्‍यो।’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा खाण वैशाख २७ गते पक्राउ परेका थिए। खाणलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले असार १ गते आदेश दिएको छ। सोही प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका टोपबहादुर रायमाझीलाई नेकपा एमालेले सचिव पदबाट निलम्बन गरिसकेको छ।

‘यसमा कि थुनामा हुने दोषी हुनुपर्‍यो कि सरकारमा रहेका हाम्रै मन्त्रीहरु पूर्वाग्रही भएको हुनुपर्‍यो। सभापतिज्यू, पार्टीले प्रष्ट भन्नुपर्‍यो’, उनले भने, ‘यो बैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रसार हुनुभएन। सरकार र साथीमध्ये के रोज्ने हो सभापतिज्यू यो बैठकले टुंगो लगाउनुपर्छ।’

यस्तो छ शिवाकोटीको वक्तव्य

मितिः २०८० साउन ४
नेपाली काँग्रेस केन्द्रीय समिति वैठकमा प्रस्तुत प्रस्तावमाथि केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको धारणा

सभापतिज्यू पदाधिकारीज्यूहरु कार्यसमितिका अग्रज तथा साथीहरु जय नेपाल।

१ पार्टीका बारेमा
१.१ लोकतन्त्रको च्याम्पियन कांग्रेस पारदर्शिता र जवाफदेहिताको पनि च्याम्पियन
विधानत दुई दुई महिनामा बस्नुपर्ने वैठक करिव १ बर्षको अन्तरालमा हुँदै गर्दा यसलाई प्रत्यक्ष प्रसारण गर्ने पहलप्रति सर्वप्रथम धन्यवाद दिन चाहन्छु। लोकतन्त्रको च्याम्पियन पार्टी नेपाली कांग्रेसमा आन्तरिक लोकतान्त्रिक वातावरण कमजोर रहेको र विधानत हुनुपर्ने अभ्यासहरु कमजोर भएको आरोप लागिरहेको बेला नेपाली कांग्रेस पारदर्शिता र जवाफदेहितामा पनि च्याम्पियन छ भन्ने सन्देश प्रत्यक्ष प्रसारणले दिएको छ।

१.२ उमेद्वार बनाउने नयाँ व्यवस्था
पार्टीको तर्फबाट विभिन्न तहमा उमेद्वार बनाउने बेलामा समेत पारदर्शिता आवश्यक छ। कुनै पनि तहको उमेद्वारले पैसाको बलमा टीकट पाएको आरोपको भाष्य स्थापित हुनबाट रोक्नुपर्छ। संसदीय बोर्ड वा पदाधिकारी वा सभापतिको इच्छामा वितरण हुँदै आएको टीकट वितरण प्रणालीलाई अब कार्यकर्ता र मतदाताको समेत सहभागितामा टुंग्याउनु पर्छ। यसको लागि मतदाताका बीचमा गरिने सर्वेको परिणाम, कार्यकर्ताको चयन प्रक्रियाको परिणाम र संसदीय वोर्डको चयनलाई अलग अलग अंकभार दिई सबैको जोड निकालेर उमेद्वार चयन गर्न आवश्यक छ। संसदीय सुनुवाईको अभ्यास गरिरहेको हाम्रो नेतृत्व जवाफदेहिता र पारदर्शिताको लागि पार्टीको तर्फबाट आफ्ना उमेद्वार चयनमा अंकभार गणना गर्नेगरि नयाँ व्यवस्थाका लागि निर्णयमा पुग्न आग्रह गर्दछु । यसले शुसासनलाई पनि टेवा पुर्याउछ। यसो हुन सके कति रकम खर्चेर टीकट लिएको वा दिलाएको तथा मेरो मान्छेले टीकट नपाए देखाइदिन्छु भन्ने सामग्रीहरु सामाजिक संजालमा भाइरल हुनबाट रोकिने पक्का छ।

१.३ वर्तमानमा विश्वास र भविष्यको भरोसा दिलाउने पार्टी काँग्रेस
यो वैठक मात्रै होइन देशभित्रका हाम्रा तहगत संरचना, भातृ तथा शुभेच्छुक संस्थाहरु र विदेशमा रहेको जनसम्पर्क समितिहरु सबैमा एउटै समस्याले घर गरेको छ त्यो हो विधानको पालना। हामी लोकतान्त्रिक हुँदा हुँदै पनि मौका र वहाना पाउने वित्तिकै त्यहि विधान मिच्न खोजिहाल्छौ। जसरी हामी संविधान मिच्न सक्दैनौ त्यसैगरि पार्टी जीवनका लागि संविधान सरहको विधान मिच्दा भने हामी किन जवाफदेही वनाउन सक्दैनौ? हुन त यहि वैठक हाम्रो लागि ऐना हो।

आशा छ विधान कार्यान्वयन र पार्टीको सुदृढीकरणका सन्दर्भमा महामन्त्रीज्यूहरुले प्रस्तुत गरेको सांगठनिक कार्यतालिकाले केहि भएपनि स्वनियन्त्रण गर्ने छ। अहिलेका चुनौतीहरुसँग जुध्दै वर्तमानमा विश्वास र भविष्यको भरोसा दिलाउने पार्टीको रुपमा काँग्रेस बन्ने विश्वास गर्न सकिन्छ। नीति महाधिवेशनको मिति घोषणा यहि विधान कार्यान्वयको प्रस्थान विन्दु हुनुपर्छ। विधानत नियमित वैठक बस्ने कुरा, कार्यसमिति र कार्यसम्पादनको पूर्णता, संसदीय वोर्डको गठन, कोषाध्यक्षको मनोनयन, विभागहरुको गठन र पूर्णता, भातृ तथा शुभेच्छुक संस्थाहरुको गठन र विस्तारलाई यहि मेसोमा बुझ्नुपर्छ।

१.४ भ्रष्टाचारलाई कांग्रेसले काँध थाप्न सक्दैन
सुशासनका हिमायती कांग्रेस कार्यकर्ताहरु कुनै पनि स्वरुपमा हुने भ्रष्टाचारलाई पृष्ठपोषण गर्न सक्दैन। बरु बाघले खाए खाओस तर कुनै पनि स्वरुपको भ्रष्टाचारलाई कांग्रेसले काँध थाप्न सक्दैन र हुँदैन पनि। तर के भ्रष्टाचार हो र होइन भन्ने टुंगो लगाउन भने अदालतलाई दिनुपर्छ। यस्तै प्रकरणमा आरोपित हुँदा त्यसमा व्यक्ति स्वयं जवाफदेही हुनुपर्छ।

१.५ खाँडलाई निलम्वन की सरकारबाट वहिर्गमन?
यतिखेर कांग्रेस प्रचण्ड नेतृत्व सरकारको मुख्य हिस्सेदार हो। यहि सरकारले हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई अलग अलग आरोपमा पुर्पक्षको लागि थुनामा पठाएको छ। सभापतिज्यू यो प्रकरणमा हाम्रो दुविधा अचम्मकै छ। खाँडप्रति अन्याय भयो भन्ने हो भने काँग्रेस सरकारबाट हट्नु पर्‍यो होइन भने आफ्नै साथीहरु संलग्न भएको सरकारले थुनामा पठाउँदा आरोपितलाई पार्टीबाट निलम्वन गर्नुपर्छ की पर्दैन ? यसमा की थुनामा हुने दोषी हुनुपर्‍यो की थुनामा पठाउने सरकारमा रहेका हाम्रै मन्त्रीहरु पूर्वाग्रही हुनुपर्‍यो। थुनामा रहेका र थुनातर्फ हेरिरहेका दुबैलाई हामीले भ्रममा राख्नुभएन सभापतिज्यू, पार्टीले प्रष्ट भन्नुपर्‍यो। यो वैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रसार हुनुभएन। सरकार र साथी मध्ये एक के रोज्ने हो सभापतिज्यू यो वैठकले टुंगो लगाउनुपर्छ। तर मलाई खाने बाघले तलाई पनि खाला भन्ने जस्तो गलत भाष्य स्थापित गर्ने प्रयास गरेर जनमानसमा कांग्रेसलाई रक्षात्मक बनाउने काम नहोस।

१.६ अनुशासनको कार्वाही र फुकुवा सेलेक्टीभ हुनुभएन
अनुशासनको कार्वाहीको कुरासँगै कार्वाही फुकुवाको प्रसङग् पनि आएको छ। तर यो फुकुवा वा माफी सेलेक्टीभ भयो की भन्ने कुरा पनि आएको छ। कार्वाही फुकुवामा पक्षधरता नराखी की कार्वाहीको दायरामा आएका सबैलाई कार्वाही हुनुपर्‍यो। की सबैलाई आममाफी हुनुपर्‍यो। यसमा समिति सेलेक्टीभ हुन भएन।

१.७ न अनशन न राजीनामा
समयको चक्रमा राजनीतिको चक्र पनि घुमिरहँदो रहेछ। हिजोको पिडितहरुबाट आज अर्को पक्ष पिडित नहुनुपर्ने हो। तर स्थिति त्यस्तो पाइएको छैन। सभापतिज्यूलाई स्मरण मात्र गराउन चाहन्छु हिजो आफ्नो कुरा सुनुवाई गराउन देशैभर अनशन बसाएको, केन्द्रीय समितिबाट राजीनामा दिएको सहित कति दवावमूलक कार्यक्रम भएका थिए। त्यतिखेर कांग्रेसकै रिपोर्टीङ गर्ने भएका कारण धेरै कुरा स्मृतीमा आउँछ। आज त्यस्तै अवस्थामा अरु साथीहरुले कुरा उठाउँदा उनीहरुको पनि सुनुवाई गरौं जस्तो लाग्दैन सभापतिज्यू तपाईलाई। भलै आज न अनशन छ नत कुनै केन्द्रीय सदस्यको राजीनामा नै आएको छ। सभापतिज्यू हामी सबै शान हो यसमा दुई मत छैन। तर बिरोधका मोर्चामा हुँदा हिजो तत्कालिन सभापति शुसिल कोइरालालाई दिइएका गाली सम्झिदा अहिले सभापतिज्यूका बारेमा बचाउमा उत्रेका साथीहरुले हिजोको गल्ती भएकोमा पनि आत्मालोचना गर्नुपर्छकी। रुपान्तरणका लागि जुटेका साथीहरुले देशव्यापी रुपमा संकलित सुझावहरुलाई समेटेर ल्याएको प्रतिवेदन त सभापतिज्यूले बुझ्दिनुपर्थ्यो भन्ने मेरो अपेक्षा थियो।

२ सरकारका बारेमा
२.१ सभामुख गुमाएको बिषय खोइ?
कांग्रेसले माओवादीसँग चुनाव अघीको तालमेल गरेर स्थानीय तहदेखि प्रदेश र संघसम्मै कार्यगत एकता गर्‍यो। तर केन्द्रमा सरकार बनाउने बेलामा हामीलाई छोडेर माओवादीले प्रधानमन्त्री पद लिएर एमालेसँगको सहकार्यमा सरकार बनायो। सभामुख एमालेले पायो। केहि हप्तापछि कांग्रेसले माओवादीसँग फेरि सत्ता साझेदारी गर्यो। तर त्यस बीचमा राष्ट्रपति कांग्रेसले त पायो तर एमालेले पाएको सभामुख कांग्रेसले लिन सकेन। किनकी कांग्रेस र माओवादीको दुई तीहाई पुगेन। सत्ताको यो खेलमा एमालेलाई छिर्न नदिएको भए हामीले नै पाउने सभामुख आज एमालेले पाएको यो प्रसङग उल्लेख गर्न पनि किन हिच्किचाएको?

२.२ तीनवटै तहका जनप्रतिनिधीहरुसँग समन्वय
नेपाली कांग्रेस ३ वटै तहमा सरकारमा छ। तत् तत् तहका सरकारमा गएका प्रतिनिधी कांग्रेसका चेहरा हुन्। तर ती चेहरा र पार्टीबीच धेरै ठाउँमा समस्या सिर्जना भएको छ। मन्त्रीहरुका बारेमा कांग्रेसकै साथीहरुको गुनासो छ। जिल्ला सभापतिज्यूहरुले पनि मन्त्रीहरुको क्रियाकलाप र गतिविधीलाई लिएर आलोचना गर्नुभएको छ। जनमानसमा जनप्रतिनिधीहरुको नकारात्मक चर्चा शुरु हुन थालेको छ। हुन त केन्द्रमा रहेका सरकारका मन्त्रीहरुले बजेटमा पक्षपात गरेर प्रभावशालीहरुको ठाउँमा मात्र उल्लेख्य रकम पारेर सांसद र केन्द्रीय सदस्यहरुलाई समेत बाहिर पारेपछि आम सर्वसाधारण ठगिनु कुन आश्चर्य भयो र ? जनप्रतिनिधीहरुलाई जवाफदेहि बनाउने कार्यमा हामीले के गर्ने हो वैठकले निर्णय गरोस।

३ सुशासन
३.१ सुशासन र सेवा प्रवाह
सुशासनको कमजोर अवस्था र सेवा प्रवाह उचित ढंगले नहुँदा आज आम नागरिक सबैभन्दा निराश छ। देशभित्र सम्भावना नदेखेर विदेशीएकाहरु रगत पसिना वगाइरहेको छ। हाम्रो राजनीतिको केन्द्रमा हुनुपर्ने यो पंक्तीले आफूलाई किनारामा पारेको महशुस गरिरहेको छ। यो पंक्तिको निराशा आक्रोशमा परिणत हुँदै गएको छ। नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण जस्ता ठूला ठूला भ्रष्टाचारका फाइल खुलेपनि सेलेक्टीभ एप्रोच राखिएको बुझाइ हुन थालेको छ। अझै धेरै फाइल खुल्न बाँकी छ। दलहरु भ्रष्टाचार र भ्रष्टाचारीलाई बचाउन यद्यत छन भन्ने भाष्य हाम्रो लागि सबैभन्दा डरलाग्दो हो। तर आफ्नाहरुको बचाउका नाममा प्रभावशाली र उनीहरुका वरिपरिका प्रस्तुतीले आज पार्टीहरु मात्र हैन व्यवस्था माथि नै रुले प्रश्न उठाउन थालिएको छ। यसप्रति लोकतन्त्रकै लागि लडेको दलले सोच्नुपर्ने की नपर्ने?

४ निर्वाचन
४. १ प्री-पोल एलायन्स ठीक थिएन र हुँदैन
०७८मा केन्द्रीय सदस्यहरुलाई जिल्ला पठाएर ल्याएको प्रतिवेदनमा अधिकांश जिल्लाबाट चुनाव अघीको तालमेल ठीक नहुने बताइएको थियो। तर स्थानीय र अवस्था र आवश्यकताको आधारमा स्थानीय तहमै तालमेल गर्ने भनियो। लगभग आधा ठाउँमा एलायन्स नभएपनि प्राप्त मत परिणामका आधारमा प्रदेश र संघमा पनि एलायन्स कायम रह्यो। तर यो एलायन्सको परिणाम आज पर्यन्त भोग्नुपरेको छ। धेरै ठाउँमा महिला नेतृत्व खुम्चनुपर्‍यो। स्थायित्व दिने नाममा गरिने यस्ता एलायन्सले ढीलो चाँडो राजनीतिक सिद्धान्त, विचार र आस्थालाई समेत धुमिल पारेको छ।

४.२ निवाचन प्रणालीमा सुधारका लागि संविधान संसोधन
प्रतिनिधी सभामा प्रत्यक्ष निर्वाचन प्रणाली गर्दै समानुपातिक खारेज र राष्ट्रिय सभामा सबै वर्ग समुदायको प्रतिनिधत्व हुनेगरि ल्याउने व्यवस्थाको लागि संविधान संसोधन आवश्यक छ। प्रदेश सभामा पनि समानुपातिक व्यवस्था खारेज गर्न आवश्यक छ।

५ आश र त्रास नभएको पुस्ता चुनौती बन्दै
देशभित्र रहँदा समेत राजनीति तथा प्रसासनको आस र त्रासमा रहेको ठूलो पंक्ति विदेशीएसँगै ठूलो परिवर्तन नेपाली समाज र राजनीतिमा पनि प्रभाव देखिन थालेको छ। अनेक चुनौतीका बाबजुद वैदेशिक रोजगारीमा पुगेको यो पुस्ता आर्थिक रुपमा सबल हुँदै गर्दा नेपालमा आस र त्रासमा रहेका सबै वन्धनहरु चुँडिदै गएका छन्। यहि पुस्ताको स्प्रिट नै नेपाली राजनीतिको लागि चुनौती बनेको छ। यहि तप्काले देशको मतदाताको मन नै परिवर्तन गराइरहेको छ। के हामीले विदेशमा रहेको यो स्वदेशी मनको भावना बुझ्नु पर्दैन?

६ बुलिङ बन्द होस
वाक तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै सार्वजनिक संचार माध्यममा व्यक्त धारणाका विषयमा पार्टीकै जिम्मेवार व्यक्तिले केन्द्रीय समितिको यसै हलमा बुलिङ गर्नु गैर लोकतान्त्रिक हो। यस्तो कार्य कोही कसैमाथि नदोहोरियोस। पार्टी अनुसासन, अग्रजको सम्मान र सम्वन्धको सीमालाई समेत मध्यनजर गर्दै यस्ता कार्यमा नलाग्न सम्वन्धित आदरणीयमा आग्रह गर्दछु।

अन्त्यमा,
सबै सिमितताका बाबजुद यो वैठक नेपाली कांग्रेसका आम शुभेच्छुक र मतदातामा आशा जगाउन कार्यकर्तामा उत्साह भर्न सफल हुने विश्वास लिएको छ। महामन्त्रीहरुको कार्ययोजना र त्यसमा थपिएका सबै सुझाव र प्रतिक्रियाहरुले त्यसलाई अझ खँदिलो बनाउनेछ। यसले नेपाली कांग्रेसको आगामी दिनको चुनौती सामना गर्दै अघी जाने विश्वास छ । धन्यवाद। जय नेपाल।

 

प्रकाशित: २०८० साउन ४ गते बिहिबार ०१:२८
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना