काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक तीन दिनदेखि जारी छ। बैठकमा नेताहरु गरम बहसमा छन्। आरोप प्रत्यारोपमा उत्रिएका छन्। एकअर्काको आलोचना गरिरहेका छन्।
सभापति शेरबहादुर देउवा निकट नेताहरुले महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरिरहेका छन्।
यस्तै गगन-विश्व निकट नेताहरुले सभापति देउवाको आलोचना गरिरहेका छन्। तर बिहीबारको बैठक स्थगनको सूचना देउवाले पढ्नुअघि नेताहरु सेलिब्रेसनमा जुटे।
महामन्त्री गगन थापाको वर्थडे सेलिब्रेसनमा नेताहरु जुटेका हुन्। बैठकस्थलमै केक काटेर गगनको जन्मदिन मनाइएको हो।
सभापति देउवा सहितका पदाधिकारी र केन्द्रीय सदस्य मिलेर गगनलाई जन्मदिनको शुभकामना दिएका हुन्।




