काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफ्नो मन्त्रालयलाई एकदमै कम बजेट विनियोजन गरिएको भन्दै गुनासो गरेका छन्। कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा प्रकाशशरण महतले आफ्नो मन्त्रालयका लागि कम बजेट छुट्याइदिएको गुनसो सुनाएका हुन्।
‘युवा तथा खेलकुद मन्त्रालयको बजेट एकदमै कम छ। अहिलेसम्मको अनुभवले पार्टीको प्राथमिकतामा यो मन्त्रालय परेको देखिएन,’ उनले भने, ‘आर्थिक नीति र सरकारको तर्फबाट आएको नीति मेल खायो कि खाएन?’
सरकारमा रहेका मन्त्री लिम्बूले पार्टीले सुशासन दिन नसकेको जिकिर गरे। ‘भ्रष्टाचारको मुद्दामा कांग्रेस शशक्त हुन पर्यो,’ उनको भनाइ छ, ‘सरकारले सुशासन दिने प्रयत्न गरेको छ। मन्त्रीहरुकाबीचमा समन्वय कसरी गर्ने हो? त्यसमा सोच्नुपर्छ।’
पहिचान भेटिने जातिय द्वन्द मेटिने कांग्रेसको संघीयताको नीति हो भनिएको तर कोशी प्रदेशको हकमा कांग्रेसले लुज गरेको उनको भनाइ थियो।
पार्टीभित्र वरिष्ठ नेताको सुविधा शेखर कोइरालालाई नदिइएको भन्दै उनले प्रश्न उठाएका थिए।


