काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुशान र भ्रष्टाचार नियन्त्रबारे १३ बुँदे प्रस्ताव अघि सारेका छन्। कांग्रेस केन्द्रीय समितिको बैठकमा थापाले उक्त प्रस्ताव लिखितरुपमा दर्ज गरेका हुन्।
उनले राजनीतिक दलको कुनै पनि पदमा रहेक पदाधिकारीको आचरणका विभिन्न पाटा मध्ये फौजदारी अभियोग गम्भीर र संवेदनशील विषय भएको उल्लेख गर्दै त्यस्तो आरोप लागेका पदाधिकारीलाई राजनीतिकरुपमा संरक्षण गर्न नहुने उल्लेख गरेका छन्।
थापाले अभियोग लागेका नेताले अनुसन्धानको दायरामा आएपछि पदीय भूमिकाबाट रािजनामा दिनुपर्ने र पक्राउ परिसकेपछि त्यसको भारी पार्टीले बोक्न नहुने उल्लेख गरेका छन्। उनले अभियोग लागेको व्यक्तिले आफूलाई पार्टीबाट अलग नराखे जिम्मेवारीबाट अलग राख्नुपर्ने मत राखेका छन्।
यस्तो छ १३ बुँदे प्रस्ताव


