२०८३ कार्तिक १३ गते बिहिबार

महिला विश्वकपमा जर्मनीको आधा दर्जन गोल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ९
germany vs morocco

काठमाडौं – फिफा महिला विश्वकपको उपाधिको दावेदार रहेको जर्मनीले सोमबार राति सानदार जित निकालेको छ। महिला विश्वकपको समूह चरणको आफ्नो पहिलो खेलमा उसले मोरोक्कोविरुद्ध ६–० को सानदार जित निकालेको हो।

समूह ‘जी’ को खेलमा मोरक्कोविरुद्ध सानदार जित निकाल्दै जर्मनीले पहिलो तीन अंक जोडेको छ। यो जितसँगै जर्मनले समूहमा निकै बलियो पकड बनाएको छ।

सानदार जित दिलाउनका लागि अलेक्जेन्ड्रा पोपले पहिलो हाफमै दुई गोल गरिन्। उनको गोल सहयोगमा जर्मनीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा भने मोरोक्कोका हनानी इल हज र यसमिन रबाटले आत्मघाति गोल गरेपछि जर्मनीले दुई गोल कोसेली पाएको थियो।

त्यस्तै, क्लारा बुहुल र लिय चुलरले गोल गरेपछि भने जर्मनले आफ्नो खातामा छ गोल निश्चित गरेको हो। मोरोक्कोले भने यही वर्ष मात्र विश्वकपमा डेब्यु गरेको हो।

डेब्यु गर्ने टिममध्ये उसले सबैभन्दा ठूलो हार बेहोरेको छ। अहिले समूह एचको अन्तिम स्थानमा छ। विश्वकपको समूह एचमै आज विहान सम्पन्न भएको खेलमा दक्षिण कोरियाले कोलम्बियासँग २–० को हार बेहोरेको छ। यो जितसँगै कोलम्बियाले पनि तीन अंक जोडेको छ भने दक्षिण कोरिया र मोरोक्को अंकविहिन छन्।

विश्वकपमा आज दिउँसो दोस्रो चरणको खेल सुरु हुँदैछ। आयोजक न्युजिल्यान्डले फिलिपिन्सको सामना गर्नेछ भने नर्वेले स्विट्जरल्यान्डसँग खेल्नेछ।

प्रकाशित: २०८० साउन ९ गते मङ्गलबार १०:०७
प्रतिक्रिया

थप समाचार

काेशी अस्पतालकाे एआरटी क्लिनिक र ‘एड्स हेल्थ केयर’ फाउन्डेसनबीच सहकार्य

विराटनगर- काेशी अस्पतालकाे एआरटी क्लिनिक र 'एड्स हेल्थ केयर' फाउन्डेसनबीच सेवा  सम्बन्धि सहकार्यकाे सुरु भएको छ। एचआइभी संक्रमितलाइ सहयोग पुर्‍याउने उद्देश्यले सुरु भएको एड्स हेल्थ...

बेचबिखनले बदनाम इचोक गाउँको परिचय बदलियो

चौतारा – सिन्धुपाल्चोकको इचोक गाउँ। यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन जस्तै थियो। छोरीहरू रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए। दलालहरू घरघर पुगेर छोरी-चेली फकाइफुल्याई आकर्षक...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना