काठमाडौँ- कोकाकोला इन्डियाले अजय विजय बथिजालाई फ्रेन्चाइज अपरेसन फर साउथवेस्ट एसिया (एसडब्लूए)को उपाध्यक्षमा नियुक्त गरेको छ।
कोकाकोलामा २४ वर्षदेखि कार्यरत बथिजाले सन् १९९९ मा हिन्दुस्तान कोकाकोला बेभरेज प्रालि र फ्रन्टलाइन सेल्स टिममा रहेर काम सुरु गरेका थिए।
सन् २००५ मा स्याब्का भियतनाममा मेकोङ डेल्टा क्षेत्रका लागि रिजन म्यानेजर रहिसकेका उपाध्यक्ष बथिजा सन् २०१८ देखि २०२० सम्म बंगलादेशका लागि देशीय निर्देशक रहेका थिए।
सन् २०२० मा फ्रन्टलाइन मार्केटिङमा वरिष्ठ डाइरेक्टर बनेका उनले मार्केटिङ म्यानेजमेन्टमा मास्टर्स र वाणिज्यमा स्नातक गरेका छन्।


