काठमाडौँ- नेपाली कांग्रेसले नीति अधिवेशनलाई स्थगित गरेर महासमिति बैठक गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय, सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनको सट्टा महासमिति बैठक गर्ने निर्णय सुनाएका हुन्।
शर्माले मंसिर ११, १२ र १३ महासमिति बैठक राख्न केन्द्रीय समितिलाई निर्णय सुनाएका थिए।
मंसिर २०७८ मा भएको कांग्रेसको १४औं महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो। तर विधानमा नीति अधिवेशनसम्बन्धी व्यवस्था नभएपछि महासमिति बैठकबाटै नीति महाधिवेशनका काम गर्ने गरी बैठक बोलाउने निर्णय गरेको हो।


