काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो खासै आलोचना नभएको बताएका छन्। बुधबार केन्द्रीय कार्यसमितिको बैठकलाई समापन गर्दै सभापति देउवाले आफ्नो आलोचना धेरै होला भन्ने ठानेको तर खासै नभएको बताएका हुन्।
‘मैले त धेरै आलोचना होला भन्ने ठानेको थिएँ, खासै भएन। त्यसका लागि खुसी लागेको छ,’ उनले भनेका थिए।
प्रत्यक्ष प्रसारण भएको बैठकले पार्टीलाई जीवन्त बनाएको उनको भनाइ थियो। कांग्रेसमा सबै उतिकै सक्षम रहेको कुरा सबैलाई प्रष्ट भएको उनको भनाइ छ। ‘आज दुनियाँलाई थाहा भयो कि नेपाली कांग्रेसमा कोहीभन्दा कोही कम छैन भनेर सबैलाई प्रष्ट भएको छ,’ उनले भने।


