काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल र अनलाइन सपिङ बजार दराज क्यामु प्रालिबीच ग्राहकलाई दराजमा सामान किन्दा विशेष छुट दिने सम्झौतामा भएको छ।
सम्झौतापछि सिटिजन्स बैंकका कार्डवाहकले हरेक बिहीबार दराजमा अनलाइनमार्फत भुक्तानी गर्दा ५०० सम्म छुट पाउन सक्नेछन्।
यसका साथै बैंकबाट १ अगस्तपछि नयाँ कार्ड प्राप्त गर्ने ग्राहकले दराजमा प्रथम पटक कारोबार गर्दासमेत थप १५० सम्मको भौचर प्राप्त गर्न सक्नेछन्।


