काठमाडौँ– मन्त्रिपरिषद्को बैठकले संघीय शिक्षा ऐन संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ। मंगलबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संघीय शिक्षा ऐन संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो।
यस्तै विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गर्ने मन्त्रिपरिषदले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यस्तै, विज्ञापन नियमन गर्ने नियमावली, २०८० को संशोधन गर्न स्वीकृति दिएको मन्त्री शर्माले बताइन्।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले लम्पी स्किनको विषयमा पनि गम्भीरतापूर्वक छलफल भएको उनले बताइन्। राहत क्षतिपूर्तिको व्यवस्था गर्न कृषि मन्त्रालयले प्रस्ताव बनाउने निर्णय भएको उनले जानकारी दिएकी छन्।


