काठमाडौँ- ‘आइएमई पे’ले आफ्नो एपमा कनेक्ट आइपीएस मार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ।
विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आइएमई पे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्क गरी राख्न सक्ने भएका हुन्।
यसका लागि ग्राहकहरूले ‘आइएमई पे’ मा रहेको लिङ्कमा कनेक्ट आइपीएस छनौट गरी आफ्नो बैंक खाता लिङ्क गर्नु पर्नेछ। यसरी लिङ्क भई सके पछि एपमा पैसा लोड गर्न तथा खाताबाट सोझै भुक्तानी सहज रूपमा गर्न सकिनेछ।
आइएमई डिजिटल सोलुसन लिमिटेड ’आइएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी भने, ‘नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसारको अन्तर आबद्धतामा पनि ठूलो टेवा पुर्याउने उद्देश्यका साथ यो सेवा ल्याइएको हाे।’


