काठमाडौँ– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक लगतै स्थायी कमिटी बैठक सुरु भएको छ। आजैदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने प्रतिवेदनहरू पारित गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक सुरु भएको हो।
स्थायी कमिटी बैठक बस्नुअघि माओवादी पदाधिकारी बैठक पेरिसडाँडामै बसेको थियो। स्थायी कमिटी बैठक लगतै आजदेखि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ। बैठक काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने छन्।
पाँच दिनसम्म चल्ने भनिएको केन्द्रीय कमिटी बैठकमा बैठकमा ३ सय ८५ जना केन्द्रीय समिति सदस्य, १ सय ९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना सदस्यका साथै प्रदेश पदाधिकारी १ सय गरी जम्मा ७ सय ५८ सहभागी हुने छन्।


