काठमाडौँ- ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभका संस्थापक (फाउण्डर) तथा सीईओ आर्सेन टम्स्कीको पुस्तक ‘इनड्राइभर: फ्रम साइबेरिया टु सिलिकन भ्याली’को नेपाली अनुवाद सार्वजनिक भएको छ। यसअघि नै अंग्रेजी, स्पेनिस, पोर्चुगिजमा सार्वजनिक गरिसकिएको पुस्तक नेपालीमा पछिल्लो पटक अनुवाद गरिएको हो।
मंगलबार काठमाडौंमा गरिएको विमोचन कार्यक्रममा बोल्दै इन्ड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टम्स्कीले आफ्नो यात्रा अनुभव पाठकसँग साझा गर्न पाउँदा खुशी लागेको बताए। ‘मेरा अनुभव पाठकसँग सेयर गर्न पाउँदा म धेरै नै खुसी छु। इनड्राइभको जग र विकास मेरो लागि व्यावसायिक प्रयास मात्र होइन, एउटा गहिरो व्यक्तिगत र भावनात्मक यात्रा पनि हो जसले मेरो जीवनलाई आकार दिएको छ, र यसको विकासको बारेमा लेख्नु परिवर्तनकारी भएको छ,’ उनले भने।
पुस्तकले आर्सेन जीवन कथा समेटेको छ। साइबेरियामा जीवनको कठोर जीवनदेखि दृढ आत्मविश्वासका साथ प्राविधिक उद्यमशीलताको क्षेत्रहरूमा प्रवेश गर्ने विषयहरु समावेश छन्। कथाले उतार चढाव, जोखिम र पुरस्कारका साथै आर्सेनको यात्रालाई आकार दिने निर्णायक क्षणहरूलाई कैद गरेको छ।
प्रविधि आविष्कारको केन्द्रबिन्दु, अवसर दुर्लभ देखिने याकुतियामा भएको विनम्र सुरुवातदेखि सिलिकन भ्यालीसम्म आर्सेनको जीवन कथा एउटा लगनशीलता, सामूहिक भावनायुक्त कार्य र नवप्रवर्तनको शक्तिको लागि प्रेरणादायी प्रमाण हो।
आर्सेन टम्स्की याकुटियाका उद्यमी हुन्। उनले स्थापन गरेको राइड सेयरिङ कम्पनी इनड्राइभ पछिल्लो समय नेपाल लगायतका देशमा लोकप्रिय बन्दै आएको छ। सफ्टवेयर इन्जिनियर आर्सेन साइबेरियाको दुर्गम क्षेत्रबाट आएर विश्वकै उत्कृष्ट टेकसेन्टर सिलिकन भ्यालीसम्म स्थान बनाएका छन्।
इनड्राइभ माउन्टेन भ्यू, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको इनड्राइभ १७ करोड ५० भन्दा बढी पटक डाउनलोड भएको छ। सन् २०२२ मा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप थियो। राइड-हेलिङको अतिरिक्त, इनड्राइभले शहरी सेवाहरूको विस्तारित सूची प्रदान गर्दछ, जसमा इन्टरसिटी यातायात, माल ढुवानी, कार्य सहायता, कुरियर डेलिभरीलगायतका सेवा प्रदान गर्दै थुप्रैलाई आम्दानी बढाउन सहयोग गर्दै आएको छ। इनड्राइभले ४० भन्दा बढी देशहरूमा सेवा सञ्चालन गर्दै आएको छ।


